कीवर्डहरू -

माइक्रोसफ्ट ह्याक गर्ने १६ वर्षिय किशोरसहित ७ जना पक्राउ

माइक्रोसफ्ट ह्याक गर्ने १६ वर्षिय किशोरसहित ७ जना पक्राउ

लन्डन पुलिसले ल्यापसस ह्याक अन्तर्गत सात जनालाई प्रक्राउ गरेको छ ।  बिबिसी न्यूजको रिपोर्ट अनुसार सिटी अफ लण्डन पुलिसले १६ देखि २१ वर्षको उमेरको सात जनालाई पक्राउ गरेको छ ।

यस समूहको नेतृत्व गर्ने १६ वर्षीय ब्रिचबेच वा ह्वाइटले ल्यापसस आक्रमण गरेरै बिटक्वाइनमा १४ मिलियन डलर कमाएको पाइएको छ । लन्डन पुलिसले उनलाई एक वर्ष देखि पछयाइरहेको थियो ।

हालैमा माइक्रोसफ्टको संवेदनशील डेटाको स्क्रीनसट लिक भएपछि त्यो ह्याक पनि ल्यापससलेनै गरेको भन्ने थाहाभएको थियो ।

त्यस्तै ल्यापससले सामसङ, एनभिडिया जस्ता कम्पनीहरुलाई पनि ह्याक गरेको थियो । ह्याकरहरुले सामसङको १९० जीबी संवेदनशील डेटा चोरी गरेको दावी गरेका थिए । ह्याकरले बुटलोडर सोर्स कोड चोर्न पनि सफल भएका थिए ।
लिकमा क्वालकमको संवेदनशील डेटा पनि रहेको थियो ।

ल्यापससको अनुसार उनीहरुले एनभिडियाको एक टेराबाईट डेटा चोरी गरेका छन् जसमा स्केमाटिक्स र ड्राइभर सोर्स कोड रहेको थियो ।