ह्याकरहरुले प्ले टु अर्न नामक क्रिप्टो गेमबाट ७२ अर्ब ७२ करोड रुपैयाँ चोर्न सफल भएका छन् । ह्याकरहरुले रोनीन ब्लकचेनबाट १ लाख ७३ हजार ६ सय इथेरियम चोरेका थिए ।
प्ले टु अर्न गेममा खेलाडीहरुले गेम खेलेवापत क्रिप्टो पाउने गर्दछन् तर सुरुमा केही शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । ह्याकहरुले प्राइभेट की प्रयोग गरेर ह्याक गरेका थिए ।
क्रिप्टोकरेन्सीको प्रख्याती बढेसँगै यसको चोरी पनि एकदमै धेरै हुन थालेको छ । हालै पनि क्रिप्टो डटकमका ४०० अकाउन्ट ह्याक क्रिप्टोकरेन्सीको समाचार प्रदान गर्ने पेज ब्लकले ह्याकरहरुले ३३ मिलियन अमेरिकी डलर लिएको बारे रिपोर्ट गरेको थियो ।