कीवर्डहरू -

‘साइबर सुरक्षामा अनुसन्धानका अवसर’ विषयक कार्यक्रम सम्पन्न

‘साइबर सुरक्षामा अनुसन्धानका अवसर’ विषयक कार्यक्रम सम्पन्न

नेपालमै पहिलो पटक साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धानका के कस्ता अवसरहरु रहेका छन् भन्ने विषयमा एक दिने कन्फ्रेन्स आयोजना गरिएको छ ।

साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभसन नेपाल (सिएसआरआइ)को आयोजनामा काठमाडौंको टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा भएको सो सेमिनारमा साइबर सेक्युरिटी र आइटी विषयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विषय विज्ञहरुले सहजीकरण गर्नुभएको थियो ।

\"Image

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. सुवर्ण शाक्यले वर्तमान साइबर सुरक्षाको व्यवस्थापन र यो क्षेत्रको विस्तार एवं प्रवद्र्धन गर्न राष्ट्रिय तहको साइबर सेक्युरिटी पोलिसी आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले सूचना प्रविधिको विकाससँगै सूचना सुरक्षाको जोखिम पनि बढिरहेको बताउनु भयो । ‘प्रविधिको सदुपयोग मात्रै होइन, दुरुपयोगका घटना पनि दिनप्रतिदिन भइरहेका छन् । यसलाई रोक्न नीतिगत ढंगबाटै पहल हुनुपर्छ,’ प्रा.डा. शाक्यले भन्नुभयो । अहिले सफ्टवेयर सेवाको रुपमा विकसित भइरहेको धारणा राख्दै क्वालिटी सफ्टवेयर डेभलपमेन्टमा जोड दिन सके जोखिम न्यूनिकरणमा सहयोग पुग्नेसमेत बताउनु भयो ।

उहाँले साइबर सेक्युरिटीसम्बन्धी धेरै विषयमा अनुसन्धान गर्न सकिने जानकारी दिदै भन्नुभयो, ‘विद्यार्थीले स्पेसलाइज्ड भएर कुनै टपिकमा आफ्नो रिसर्च एरिया बनाउनुपर्छ । यससम्बन्धी नीतिगत व्यवस्था, साइबर सेक्युरिटीसम्बन्धी पूर्वाधारको अवस्था, साइबर अपराध र यससम्बन्धी समस्या, जनशक्तिको अवस्था लगायत धेरै विषयमा अनुसन्धान गर्न सकिन्छ । राम्रो रिसर्चर बन्न वा विज्ञ हुन यस्ता कुरामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अध्ययन अनुसन्धान गर्न जरुरी छ ।’

\"Image

कन्फ्रेन्समा नेपाल प्रहरीका एसएसपी नवीन्द्र अर्यालले 'साइबर सेक्युरिटीमा अवसर', सनराइज बैंककी सिनियर आइटी अफिसर दिव्यतारा शाक्यले 'बैंकिङ क्षेत्रमा साइबर सेक्युरिटी', स्मार्ट सिटी विज्ञ हेमन्त बरालले 'स्मार्ट सिटी र आइसिटीको भूमिका; र बिमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले 'अनुसन्धान पद्धति' विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागीलाई सहजीकरण गर्नुभएको थियो ।

टेक्सास इन्टरनेश्नल एजुकेशन नेटवर्कका सिइओ भेषराज पोखरेलले साइबर सुरक्षामा करियर देख्ने विद्यार्थीलाई यो क्षेत्रको अनुसन्धानमा पनि अवसर रहेको बताउनुभयो ।

\"Image

साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभसन नेपाल (सिएसआरआइ)का अध्यक्ष चिरञ्जिवी अधिकारीले नेपालमा साइबर सेक्युरिटीसम्बन्धी रिसर्चको कल्चर सुरुवात गर्न आफ्नो संस्थाले कार्यक्रम सुरुवात गरेको जानकारी दिनुभयो । ‘साइबर सेक्युरिटीसम्बन्धी बृहत् अनुसन्धान भएकै छैन । हचुवाको भरमा हामीले जोखिम छ भनिरहेका छौं । यससम्बन्धी तथ्यपरक जानकारी हुने हो भने हामीलाई थप कार्यक्रम ल्याउन र याे क्षेत्रकाे विश्लेषण गर्न सजिलो हुन्छ,’ उहाँले भन्नुभयो ।

यो क्षेत्रमा अनुसन्धानका कार्य अगाडि बढाउन र इन्डस्ट्री र एकाडेमियाबीचको सम्बन्ध बढाउन सिएसआइआरले योजनाबद्ध कार्यक्रम ल्याउने जानकारी पनि उहाँले दिनुभयाे ।

\"Image