कीवर्डहरू -

स्टार्टअप एण्ड आईडिया फेस्टः यस्ता छन् मधेश प्रदेशमा छानिएका ६ स्टार्टअप

स्टार्टअप एण्ड आईडिया फेस्टः यस्ता छन् मधेश प्रदेशमा छानिएका ६ स्टार्टअप

आईतबार मधेश प्रदेशमा सम्पन्न भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा पिचिङ सेसनमा करिब २५ ओटा स्टार्टअप तथा आईडियाहरुले सहभागिता जनाएका थिए ।

नवप्रवर्तित सोच र प्रणालीमा आधरित रहेर काम गर्दै आएका मधेश प्रदेशका विभिन्न स्थानहरुलाई प्रतिनिधित्व गर्ने ती स्टार्टअप र आईडियाहरुबाट ६ ओटा छनौट भएका छन् ।

छनौट हुनेमा ईजी ईट्स नेपाल प्रथम हुन सफल भएको छ । यसैगरी नेल्पिङ अनलाइन स्टोर, ज्ञान गुरु, डेट पिट्स बेभरेज, ट्यार्रो गल्र्स र सोया रहेका छन् ।

यस्ता छन् स्टार्टअप र आईडियाहरु

ईजी ईट्स नेपाल

\"\"

स्टार्टअप एण्ड आईडिया पिचिङ सेसनमा प्रथम हुन सफल ईजी ईट्स फूड डेलिभरी प्रणालीमा आधारित स्टार्टअप कम्पनी हो । वीरगन्जमा आधारित उक्त कम्पनीलाई सिमला चौरसी र उनका साथीहरुले ३ वर्ष अघि स्थापना गरेको हो ।

वीरगन्जका ६० भन्दा धेरै रेस्टुरेन्टहरुलाई आफ्नो सिस्टममा अनबोर्ड गरिसकेका ईजी ईट्सको १० हजार भन्दा धेरै ग्राहक छन् । हालसमम कम्पनीले ५० हजार भन्दा धेरै अर्डर पुरा गरिसकेको छ । कम्पनीको आफ्नै वेबसाइट र प्लेटस्टोरमा एप समेत रहेको छ ।

आफ्नो सेवालाई चाढै सिमरामा समेत विस्तार गरेर घरेलु अचार, पापड जस्ता विभिन्न स्थानीयरुपमा उत्पादित बस्तुहरुको एपमार्फत विक्री वितरण गर्ने ईजी ईट्सको योजना छ ।

नेल्पिङ अनलाइन स्टोर

\"\"

उत्कृष्ट ६ भित्र पर्न सफल नेल्पिङ अनलाइन स्टोर आधारभूत रुपमा एउटा विजनेस डाईरेक्ट्री र ईकमर्श वेबसाइट हो । जिसान अबिद सिद्धकी र उनका साथीले केही समय अघि सुरु गरेको नेल्पिङ अनलाइन स्टोरले खरिद र विक्रेता, सेवाप्रदायक र सेवाग्राहीलाई एउटै प्लेटफर्ममा ल्याएर जोड्ने काम गर्दछ ।

ईकमर्श कम्पनी तथा विक्रेताहरुले दराजमा जसरी आफ्नो स्टोर नेल्पिङ अनलाइन स्टोरमा दर्ता गराउन सक्छन् र क्रेताहरुले प्रत्यक्षरुपमा विक्रेतासँग जोडिएर बिना कमिसन सामाग्री तथा सेवाहरु खरिद गर्न सक्छन् ।

कुनै पनि सिप भएका व्यक्तिहरुले पनि नेल्पिङमा दर्ता भएर सेवाग्राहीसँग जोडिएर काम गर्न सक्छन् । नेप्लिङले सेवाग्राही र सेवाप्रदाकलाई लोकेसनको आधारमा जोडिदिने गर्दछ । जिसान र उनका साथीले नेल्पिङलाई सब्सक्रिप्सन मोडलमा अगाडी लिएर जाने योजना बनाएका छन् ।

डेट पिट्स बेभरेज

\"\"

वीरगन्ज  पब्लिक कलेजका चारजना छात्रा पुजा मुन्धारा, अलिशा पटेल, आकृती पटेल र कृति जैशवालले प्रोडक्ट आधारित आईडिया हो डेट पिट्स बेभरेज ।

स्थानीयरुपमै पाइने खजुर अर्थात् डेट फ्रुटको सुकेको दानालाई पिसेर पाउडर बनाई त्यसबाट पेय पदार्थ बनाएर विक्री वितरण गर्ने टिमको योजना छ । टिमले यसको प्रयोग गरिसकेको छ । जसमा सकरात्मक नजिता र प्रतिक्रिया पनि आईसकेको छ । हालसम्म डेट पिट्स बेभरेजको व्यवसायिक उत्पादन सुरु भने भईसकेको छैन ।

हेल्भिट्सका कृष्ण लाल कणर्, डा. दिपक शाक्य, बासु कर्ण र अभिन्द श्रेष्ठले यो टिमलाई मेन्टरसिप प्रदान गर्दै आईरहेको छ ।

ट्यार्रो गर्ल्स

\"\"

उत्कृष्ट ६ भित्र पर्न सफल ट्यार्रो गल्र्स वीरगन्ज पब्लिक कलेजकै चार छात्राहरु बिज्ञा चालिसे, आँचल झाँ, रिफत बानु र कृति श्रेष्ठले २०२० मा स्थापना गरेका हुन् । स्थानियरुपमा प्रशस्तै पाइने कर्कलोको विभिन्न उपभोग्य बस्तु बनाएर व्यवसायिकरण गर्ने यो टिमको योजना छ ।

कर्कलोलाई सुकाएर चिया, पाउडर, अचार र काँचो कर्कलो यो टिमको प्रोडक्ट हुन् । स्वास्थका लागि एकदमै लाभदायी कर्कलो र यसका प्रोडक्टहरु तयार गरी बजारीकरण गरेर महिला सशक्तिकरणको नमुना पेश गर्ने टिमको उदेश्य छ ।

ज्ञान गुरु

\"\"

मधेस प्रदेशबाट ‘आईडिया इन्कुबेसन’ का लागि शिर्ष ६ कम्पनीमा छनौट हुन सफल ज्ञान गुरु ई लर्निङ प्लेटफर्मको आईडिया हो ।

घरमै बसेर विभिन्न कोर्सहरुको रिमोट लर्निङ गर्नका साथै प्रशिक्षण लिन तथा नयाँ, पुराना स्टेसनरी आईटमहरु विक्री गर्न मिल्ने गरी प्लेटफर्म बनाउने टिमको योजना छ ।

वीरगन्ज पब्लिक कलेजका तीन विद्यार्थीहरु सञ्चिता पन्त, सुरक्षा पन्त र प्रद्युम्न शर्मा अहिले आफ्नो आईडियालाई कार्यान्वयन गर्न लगानीको पर्खाईमा छन् ।

सोया

\"\"

९० मिनेटको अनलाइन भिडियो मार्फत ‘रिडर्स’ लाई लिडर्ससँग भेट गराउने प्लेटफर्म हो सोया । मधेस प्रदेशमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया पिचिङ प्रतिस्पर्धामा सोया उत्कृष्ट ६ भित्र पर्न सफल भएको छ । प्रशान्त बन्जाडे र टिमले तयार पारेको सोया पनि आधारभूतरुपमा एउटा ईलर्निङ प्लेटफर्म हो ।

अनलाइनमार्फत उद्यमशिलता, व्यक्तित्व विकास सम्बन्धि विभिन्न कोर्सहरुको पठन पाठन तथा प्रशिक्षण दिने सोयाको उदेश्य हो ।

सिक्न चाहाने र सिकाउन चाहाने दुबै पक्षले यस प्लेटफर्ममा आएर दर्ता भएर एक साथ सिक्न र सिकाउन कमाउन सक्छन् । सोयामा विद्यालयको कोर्स समेत चाढै नै समावेश गर्ने टिमको योजना छ ।