कीवर्डहरू -

मधेश प्रदेशमा इसेवाको प्रादेशिक कार्यालय स्थापना

मधेश प्रदेशमा इसेवाको प्रादेशिक कार्यालय स्थापना

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले मधेस प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । यो सँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको हो ।

प्रादेशिक कार्यालय जनकपुरको मिल्स् एरीयामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र  इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घाटन  गरे ।

अबदेखि दुई नम्बर प्रदेशका ग्राहक तथा एजेन्टहरूले इसेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालय मार्फत सहज ढङ्गले प्रयोग गर्न पाउनेछन् ।

देशभर एक लाख ६५ हजार  भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसङ्ख्याले सेवा लिइरहेका छन् ।

इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको सङ्ख्या पनि करिब ७० लाख पुगिसकेको छ । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।