भावना घिमिरे लाई धेरैले नेपाल क्रिकेट संघ (क्यान)को पहिलो प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा चिन्छन् । उनले लामो समयसम्म क्यानको गुटबन्दी र विवाद झेलेर भए पनि नेपाली क्रिकेटका लागि केही गर्न खोजिन् । क्रिकेट लामो समयसम्म बन्दी भइरहँदा उनको मेहनत बालुवामा पानीझैं बन्न पुग्यो । अन्ततः क्यानको सिइओबाट राजिनामा दिएकी उनको परिचय अहिले फेरिएको छ ।
उनी इन्टरनेश्नल भिडियो अन डिमान्ड सर्भिस आइफ्ल्क्सिकी नेपालकी कन्ट्री लिड हुन् । क्रिकेटको ‘पब्लिक जब’बाट आइफ्ल्क्सिको ‘कर्पोरेट जब’मा अभ्यस्त भइरहेकी घिमिरेसँग नेपालमा आइफ्ल्क्सिको बजार र व्यवसायिक योजबारे लिभिङ विथ आइसिटीका शिव बस्नेतले कुराकानी गरेका छन् :
क्रिकेट छोडेर आइटी उद्योगमा आउनुभयो नि ? कसरी जुर्यो यो अवसर ?
नेपाल क्रिकेट संघको प्रमुख कार्यकारी अधिकृत पदबाट राजनीनामा दिएपछि फरक कामहरुमा आबद्ध हुन चाहिरहेको थिएँ । मलाई चुनौतीपूर्ण कामहरु गर्न मन पर्छ । मैले त्यस्तै अवसर खोजिरेकी थिएँ । म आइफ्ल्क्सिमा आउनुभन्दा अघि योन्डर म्युजिक नामक एपलाई नेपालमा इन्ट्रोड्युस गर्नमा योगदान दिन पाएँ । एफडिआई रजिस्ट्रेसन गरेर एक वर्ष म आफैं कन्ट्री म्यानेजर भएर योन्डर म्युजिक सञ्चालन गराएको थिएँ । यसकै अनुभवले आइफ्ल्क्सिको नेपाल बिजनेश अघि बढाउने अवसर मिलेको छ । मलाई क्रिकेट छोडेर आइटीमा आउनुमा त्यस्तो अप्ठ्यारो भएन । म आफैं आइटीकै वातावरणमा विदेशमा बसेर आएँ । मेरो श्रीमान् पनि आइटी पृष्ठभूमिकै हुनुहुन्छ । भाइ पनि आइटी इन्जिनियर नै हो । आइटीको डेभलपमेन्टमा अपटुडेट नै थिएँ । बिजनेशका हिसाबले चैं मेरो लागि यो नयाँ थियो । योन्डर म्युजिकपछि सेटअप भएको आइफ्ल्क्सिमा मैले कन्ट्री लिडकै भूमिकामा काम गरिरहेकी छु ।
हामीले धेरै कन्टेन्टहरु जस्तै कोरियन, पाकिस्तानी, इन्डोनेसियन, चाइनिज आदि कन्टेन्टहरु नेपालीमा सबटाइटल उपलब्ध गराउँछौं । वेस्टर्न सिरिज, मुभीहरु, फ्ल्यास एरोजस्ता सबै कन्टेन्ट छन् । कस्टुमरलाई वान स्टप सोलुसन्स दिएका छौं भन्न चाहन्छु ।
कुन क्षेत्रमा काम गर्न सहज हुँदो रहेछ ? क्रिकेटमा बढी नै राजनीति हुन्थ्यो, यहाँ कामको वातावरण कस्तो छ ?
यो बिजनेश भयो । यसमा कसैको हस्तक्षेप छैन । हामीसँग स्पेसिफिक टार्गेट हुन्छ । भिजन क्लियर हुन्छ । क्रिकेटमा केही अप्ठ्यारा छन् । धेरै स्टेकहोल्डर भएका हुनाले उहाँहरु सबैलाई मिलाएर जानुपर्ने हुन्छ । अहिले गरिरहेको काम पूर्णरुपले फरक छ । क्रिकेट पब्लिक जब हो । यो कर्पाेरेट भएकाले आफ्नो उच्च सीप प्रयाग गरी र भिजन र मिसन बनाएर काम गर्न सक्छु । क्रिकेटमा धेरै कुराको विचार गर्नुपर्ने थियो भने आइफ्ल्क्सिमा मैले बिजनेश ग्रोथलाई जोड दिनुपर्छ ।
नेपालमा पछिल्लो समय प्रविधिको प्रयोग र विकासलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
मैले धेरै सुनिरहेको हुन्छु, यो एप लञ्च गर्यो, त्यो एप लञ्च गर्यो भनेर । वास्तवमा एप र अन्य यस्तै प्रडक्ट बनाउने काम ज्यादा छ । जे कुरामा पनि एप लञ्च गरिएको छ । एप बनाउँदैमा त्यसले रिटर्न दिने होइन । प्राविधिक हिसाबले बनाउन सजिलो हुन्छ तर, त्यसको इन्टायर सिस्टम कस्तो हुन्छ, मार्केटिङ कसरी हुन्छ, यसको प्रयोग कसरी गर्ने, कसरी बजारमा चलाउने भन्ने कुरा फरक हो । यहाँ धेरै एपहरु छन्, तर चलेको कमै छ । किनभने बनाउनु र चलाउनुमा धेरै भिन्नता छ । दीर्घकालसम्म चलाउन लगानी बढी लाग्छ । त्यसका लागि बिजनेश स्किल र बिजनेश माइन्ड चाहिन्छ ।
सबैले बुझ्ने भाषामा भनिदिनुस् न, आइफ्लिक्स के हो ? नेपालमा कसरी काम गरिरहेको छ ?
सामान्य भाषामा भन्दा आइफ्ल्क्सि भनेको एउटा मुभी, सिडी, भिडियोसम्बन्धी कन्टेन्टहरुको प्लेटफर्म हो, युट्युब जस्तै । नेपालमा यो गत वर्ष लञ्च भएको हो । हाम्रो १५ लाख डाउनलोड भएको छ । १० लाख एक्टिभ कस्टुमर छन् । नेपालमा हाम्रो टेलिकम पार्टनर एनसेल हो । यसको मतलब एक्स्क्लुसिभ पार्टनर एनसेल होइन, एउटा पार्टनरसिप मात्रै हो । हामीले ई–सेवाबाट पनि सर्भिस किन्न मिल्ने सुविधा मिलाएका छौं । ई-सेवासँगै अन्य पेमेन्ट गेटवेसँग हामी सब्सिक्रप्सन मोडलमै काम गर्ने योजना ल्याएका छौं । हाल कस्टुमरले आइफ्ल्क्सिमा साइनअप गरेपछि एक महिना फ्रि एक्सेस दिएका छौं । एक महिना सकिएपछि कस्टुमर फ्रि टियरमा जानुहुन्छ । कस्टुमरले क्याटलग हेरेर अन्य टियर रोज्न पाउन हुन्छ । अन्य टियर नरोजे पनि १ महिनापछि एकाउन्ट बन्द हुने वा कस्टुमर गइहाल्ने भन्ने हुँदैन । फ्रि टियरमा धेरै कन्टेन्ट हुन्छन् । सब्सक्रिप्सन नगरे पनि भिडियोको मज्जा लिन सक्नु हुनेछ । यसमा अहिले एडहरु पनि राख्ने अवसर छ ।
कन्टेन्ट कसरी बनाउनुहुन्छ ? भिडियो डिमाण्ड कम्पनीले गर्छ कि कन्जुमरले ?
हामीले सुरुवाती चरणमा पश्चिमा देशहरुको कन्टेन्ट आइफ्ल्क्सिमा राखेका थियौं । त्यसले बिजनेशमा खासै प्रभाव पारेन । जब हामीले नेपाली फिल्महरु लञ्च गर्यौं, यसपछि ठूलो रेस्पोन्स आयो । हामीले बुझ्यौं भने नेपालमा लोकल कन्टेन्ट नै चल्छ ।
हामी आफैंले पनि आइफ्ल्किस ओरिजिनल भनेर बनाइरहेका छौं । मुभी बनाइरहेका छौं । अहिले सर्ट मुभीहरुबाट सुरु गरेका छौं । फ्युचरमा आफ्नो मुभी, सिरिजहरु र आफ्नै रियालिटी शोहरु उत्पादन गर्ने योजना छ ।
यहाँ केही समय पहिले फिल्म रिलिज गर्ने एप ‘हाम्रो मुभी’ खासै चलेन । भर्खरै ‘सिनेमा घर’ एप पनि आएको छ । यसैगरी डिस होम लगायतले पनि मुभी अन डिमाण्ड च्यानलहरु ल्याइरहेका छन् । कुनै पनि गज्जबले चलेको भन्ने त छैन, यसमा चुनौतीहरु थुप्रै छन् हो ?
मैले अघि पनि भनेँ, एप चलाउन धेरै फ्याक्टर चाहिन्छ । हामीले कन्टेन्ट लञ्च गर्दा एकदमै धेरै मार्केटिङ गरिरहेका छौं, फेसबुक, गुगल लगायतमा नियमित मार्केटिङ भइरहेको छ । एप नोटिफिकेसन र अन्य हाम्रा आफ्नै च्यानलमार्फत कन्टेन्टको प्रोमोट गर्छौं । अरुसँग सेल्स गर्ने युनिक फिचर के छ, त्यो थाहा छैन । हामीले धेरै कन्टेन्टहरु जस्तै कोरियन, पाकिस्तानी, इन्डोनेसियन, चाइनिज आदि कन्टेन्टहरु नेपालीमा सबटाइटल उपलब्ध गराउँछौं । वेस्टर्न सिरिज, मुभीहरु, फ्ल्यास एरोजस्ता सबै कन्टेन्ट छन् । कस्टुमरलाई वान स्टप सोलुसन्स दिएका छौं भन्न चाहन्छु ।
एनसेलको सहकार्यमा नेपालमा काम भइरहेकको छ, बजार र मार्केटिङको लागि त समस्या नहोला नि ?
एनसेल वा अरु ब्रान्डसँग हाम्रो त्यस्तो एशोसिएशन होइन । ३ वर्षको लागि सम्झौता हो । भिआइपी सब्सक्रिप्सन छ, त्यति समयका लागि हामीले उपलब्ध गराउने हो ।
अरु प्लेयर आउनु र नआउनुमा खासै फरक नि देख्दिनँ । २/३ महिना यता नम्बर वान डाउनलोड हुने एप हो, आइफ्ल्क्सि । यसर्थ ५ वर्षपछि सबैले मन पराउने, प्रविधिले पहुँच पु¥याएको ठाउँमा मात्रै होइन, गाउँगाउँमा पनि पुग्नेछौं ।
डिजिटल पेमेन्ट सर्वसुलभ नहुनु पनि त यसको समस्या वा चुनौती होला । तपाईंहरुको छुट्टैै पेमेन्ट सिस्टम वा मोडल केही छ ?
यो कुरा च्यालेन्ज पनि हो र आइफ्ल्क्सि जस्तो कम्पनीलाई अवसर पनि हो । हाम्रो जस्तो देशहरुमा त्रेडिट कार्ड, डेबिट कार्डको प्रयोग त्यत्ति हुँदैन । यही कारण आइफ्ल्क्सि जस्तो इमर्जिङ कम्पनीले न्यून र मध्यम आम्दानी भएका उपभोक्तालाई लक्षित गरी सस्तो र फ्रि दुवै तरिकाबाट सेवा दिइरहेका छौं । हामीलाई चुनौती भनेको ग्राहकलाई विस्तारै सब्सक्राइब गर्ने बनाउनु छ । यो हाम्रो मात्रै होइन सबैका लागि चुनौती हो ।
कन्टेन्ट ट्रान्सलेट गर्दा थिम र भाव अनुसारको रियल प्रडक्ट ल्याउन गाह्रो हुन्छ नि, यसमा कसरी काम गरिरहनुभएको छ ?
लोकलाइजेशन अहिले नेपालमा आइफ्ल्क्सिले नै स्थापित गरेको हो । हामीले वेस्टर्न कन्टेन्टलाई सबटाइटल गरेर काम सुरुवात गर्यौं । अहिले आइफ्ल्क्सिमा २ हजार घण्टा बढी कन्टेन्टहरुको सबटाइटल छ । आइफ्ल्क्सि आफैले अरु देशमा बनाएका ओरिजिनल कन्टेन्टहरुका पनि नेपालीमा सबटाइटलमा राखेका छौं । यसकारण लोकलाइजेशनको अवधारण हामीले नै सुरु गरेका हौं ।
हाम्रो अहिले स्ट्यान्ड नै अलग्गै छ । बजारमा प्रतिष्पर्धी खासै छैनन् । अरु प्लेयर आउनु र नआउनुमा खासै फरक नि देख्दिनँ । २/३ महिना यता नम्बर वान डाउनलोड हुने एप हो, आइफ्ल्क्सि । यसर्थ ५ वर्षपछि सबैले मन पराउने, प्रविधिले पहुँच पु¥याएको ठाउँमा मात्रै होइन, गाउँगाउँमा पनि पुग्नेछौं ।
अबको ५ वर्षमा आइफ्लिक्सको बजार कहाँ पुग्ला ?
हाम्रो अहिले स्ट्यान्ड नै अलग्गै छ । बजारमा प्रतिष्पर्धी खासै छैनन् । अरु प्लेयर आउनु र नआउनुमा खासै फरक नि देख्दिनँ । २/३ महिना यता नम्बर वान डाउनलोड हुने एप हो, आइफ्ल्क्सि । यसर्थ ५ वर्षपछि सबैले मन पराउने, प्रविधिले पहुँच पु¥याएको ठाउँमा मात्रै होइन, गाउँगाउँमा पनि पुग्नेछौं । त्यतिबेलासम्म सबैले फोनबाट पे गर्ने सिस्टम पनि आयो भने झनै सजिलो हुन्छ । क्वालिटी कन्टेन्ट उत्पादन गरेर यो इन्डस्ट्रीलाई सहयोग गर्नु छ । युट्युबमा जति अहिले भिडियो कन्टेन्टको ट्रेन्ड छ, त्यो घटेर आइफ्लिक्समा ल्याउने सोच छ । यसका लागि नेपाली कन्टेन्टमा ठूलो लगानी गर्ने सोच पनि ल्याएका छौं ।
अन्त्यमा, भावना घिमिरे आफैमा मल्टि ट्यालेन्ट पर्सनालिटी भएको व्यक्ति हो, यहाँ बन्द कोठाभित्र काम गरिरहँदा कहिलेकाहीँ साँघुरो महसुस गर्नुभएको छैन ?
त्यस्तो साँघुरो महसुस कहिल्यै भएको छैन । हामी आइफ्ल्क्सिमा मल्टिपल इन्भाइरोमेन्टमा काम गरिरहेका छौं । हाम्रो हेडक्वार्टर मलेसियामा छ । हप्ता, दैनिक जसो नै कन्फरेन्स कल भइरहेको हुन्छ । ट्रेनिङहरु भइरहेका हुन्छन् । कोठामा बसेर काम गरे जस्तो लाग्दैन । जे काम गरिरहेको छु, सिकिरहेको छु । नयाँ प्रविधिमा काम गरिरहेको छु । आइफ्ल्क्स्किो सन्दर्भमा एप लञ्च गर्न मात्रै होइन, यसलाई चलाउन बिजनेश माइन्डको प्रयोग गरिरहेको छु ।