कीवर्डहरू -

एक क्लीकमा टिभीएस एनटर्क स्कुटर जित्ने अवसर

एक क्लीकमा टिभीएस एनटर्क स्कुटर जित्ने अवसर

काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स् प्रा.लि ले भाइबरसँग सहकार्य गरेको छ । भाइबरले जगदम्बा मोटर्स् ब्राण्डको टिभीएसका कस्टुमाइज स्टीकर प्याकहरु सार्वजनिक गरेको छ ।

अडियन्सहरुले भाइवरमा रहेको “लभ एट् फस्ट राइड” नामक स्टीकर डाउनलोड गरेर टिभीएस एनटर्क स्कुटर जित्नुका साथै थुप्रै रमाईला र आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

दक्षिण पूर्वि एशिया भाइवरका विजनेस डेभ्लप्मेन्ट प्रमुख, अनुभव नायरले भन्नुभयो, “हामी जगदम्बा मोटर्स् प्रा. लि.सँग सहकार्य गरेर नेपालमा संचारको माध्यमबाट यस्तो योजना लागू गर्न पाउँदा निकै खुसी छौँ ।”

जगदम्बा मोटर्स् प्रा. लि. का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भन्नुभयो, “हामी भाइवरसँग सहकार्य गरेर उपभोक्ताहरुलाई हाम्रो ब्राण्डमा डिजिटल्ली जोड्न पाउँदा निकै उत्साहित छौँ ।

यस योजनामार्फत उपभोक्ताहरुले मज्जा बढाउनुका साथै थप्रै रमाईला र आकर्षक एवम् ग्राण्ड उपहारहरु जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।”