कीवर्डहरू -

विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ का मुख्य आकर्षण

विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ का मुख्य आकर्षण

रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ सम्पन्न भएको छ ।

यस यन्त्र कार्येक्रमअन्तर्गत अन्तर्राष्ट्रिय  रोबोटिक्स प्रतियोगिता, रोबो बिजनेस कप,  यन्त्र लर्निङ (मेसिन लर्निङ प्रतियोगिता), यन्त्र किड्स, मिनी यन्त्र (पोखरामा पश्चिमाञ्चल रोबोटिक्स प्रतियोगिता र धनगढीमा सुदूरपश्चिमाञ्चल रोबोटिक्स प्रतियोगिता) र यन्त्र इन्कुवेसन (३ महिने प्रोडक्ट इन्कुवेसन र ३ महिने बिजनेस इन्कुवेसन) आयोजना गरिएकाे छ ।

शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव कृष्णराज बिसीको प्रमुख आतिथ्यतामा यन्त्र ७.० को उद्घाटन रसियन विज्ञान तथा कला केन्द्रमा माघ २८ गते दिनको १० बजे सुरु भएको थियो ।

त्यसै दिन नेपालमा अन्तरीक्ष विकाससम्बन्धी भइरहेको कार्यहरुलाई सबै रोबोटिक्समा काम गरिराखेको समुदायमाझ पुर्याउन ‘यन्त्र स्पेस पार्टी’ कार्यक्रम पनि सञ्चालन भएको थियो जसमा रोबोटिक्सले अन्तरीक्ष विकासमा नेपालको पहुँच पुर्याउन अन्तक्र्रिया कार्यक्रम सञ्चालन भयो ।

\"Image

नेपालको विज्ञान तथा प्राविधिक विकासका निमित्त  कार्यरत विशिष्ट ब्यक्तित्वको तथा उद्यमशिलता विकासमा टेवा पुर्याउने सम्पूर्ण संस्थाहरुको उपस्थिति रहन गयो ।

यन्त्र ७.० का मुख्य कार्यक्रमहरू :

अन्तर्राष्ट्रिय  रोबोटिक्स प्रतियोगिता

अन्तर्राष्ट्रिय  रोबोटिक्स प्रतियोगिताअन्तर्गत यन्त्र म्यानुअल अखडा, रोबोवार, यन्त्र अटोमेटिक अखडा, एआई रोबोवार र  यन्त्र  राष्ट्रिय लिग (रोबोट फूटबल) गरी ४ विधा रहेको यस अन्तर्राष्ट्रियस्तरको  प्रतियोगितामा  नेपाल, भारत र  भुटानको टिम गरी ६० इन्जिनियरिङ्ग र उच्च माध्यमिक  विद्यालयका विद्यार्थी समूहको उत्साहजनक सहभागिता रह्यो ।

यन्त्र मनुअल अखडामा (रोबोवार) मा नेपालको १४ इन्जिनियरिङ्ग कलेजका टिम, भारतको तीन ओटा टिम तथा भुटानको एउटा टिमले प्रतिष्पर्धा गरेका थिए । म्यानुअल अखडामा एउटा रोबोटले अर्को रोबोटलाई जसले धेरै चोट पुर्याउनु पर्ने थियो, धेरै आक्रमण गर्नेले प्रतिष्पर्धा जितेको थियो  ।

आयोजकले यो प्रतियोगितामा हिंसालाई प्रवद्र्धन गर्न भनेको नखोजेको बताएको छ ।

यन्त्र म्यानुअल अखडा (रोबोवार)मा नेपालको दुईवटा, भारतको एउटा र भुटानको एउटा समूहले सेमिफाइनलको यात्रा तय गरेको थियो । भुटानको टिमलाई हराउँदै टिम सीइआरटीले फाइनलको यात्रा तय गरेको थियो भने टिम कान्तिवीरलाई हराउँदै भारतको टिमले सीइआरटीसँगको फाइनल भिडन्त तय गर्यो ।

\"Image

रोमाञ्चक फाइनलमा भारतको टिम ब्लाकबर्ड हाभी हुन पुग्यो र प्रथम स्थान हासिल गर्यो । फाइनलपछिको फ्रेन्ड्ली म्याचमा सीइआरटीले आफ्नो रोबोटको क्षमता देखायो । विजेता भारतको टिम ब्लाकबर्डले एक लाख पचास हजार हात पार्यो भने दोस्रो टिमले पचास हजार हात पार्यो ।

यन्त्र अटोमेटिक अखडा (एआई रोबोवार)मा नेपालको १२ ओटा इन्जिनियरिङ्ग कलेजका टिमले प्रतिस्पर्धा रहेको थियो  ।

अटोमेटिक अखडामा जितको लागि एउटा रोबोटले अर्को रोबोटलाई स्वचालित रुपमा पहिचान गरी प्रतियोगिताको एरेनाबाट खसाल्नु पर्ने थियो  । अर्को रोबोट पहिचानको निम्ति प्रतियोगीहरूले क्यामेरा र केही सेन्सरको प्रयोग गरेर इमेज प्रोसेसिङ्ग, मेसिन लर्निङ्ग, आर्टिफिसियल इन्टेलिजेन्स आदि प्रविधिको प्रयोग गरेका थिए ।

यन्त्र अटोमेटिक अखडामा नेपालको पहिलो पीको स्याटेलाइट बनाउने कम्पनी ओरियन स्पेसको समूह हन्टर २.० प्रथम हुन पुग्यो ।

हन्टर २.० का प्रतिस्पर्धी थिए सौरभ पौडेल, सरोज गुरउ, रविन पराजुली, सुशील श्रेष्ठ र राजेस धुसु । जसको रोबोटले नेपाल इञ्जिनियरिङ कलेजको रोबो यान.ई.सीलाई हराएको थियो । हन्टर २.० को टिमले १ लाख रुपैँया र रोबो यान.इ.सीले पचास हजार पुरस्कारस्वरुप पाए ।

\"Image

यन्त्र न्यासनल लिग (रोबोट फूटबल प्रतियोगिता) नेपालको ७ ओटा इन्जिनियरिङ्ग कलेज, ८ ओटा ं२ कलेजका टिमले प्रतिस्पर्धा गरेका थिए । एउटा भारतको टिम जेननले पनि यसै प्रतियोगितामा प्रतिस्पर्धा गरेका  थिए । यन्त्र नेसनल लिगमा जसले ६ मिनेटको समयमा धेरै गोल हान्यो उही नै विजेता हुने थियो ।

रोबोटिक्समा चासो राख्ने र रोबोट निर्माणको सुरुवाती अवस्थामा रहेका विद्यार्थीलाई लक्षित गरी सो प्रतियोगिता आयोजना गरिएको हो ।

यन्त्र न्यासनल लिगको विजेता युनाइटेड एकाडेमीका समूह टिम यु.ए.आर.सी वान र यु.ए.आर.सी टुले प्रथम र दास्रो स्थान हासिल गर्यो । यु.ए.आर.सी वानले भारतको टिम जेननलाई ३–२ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । युएआरसी वान टिमले १ लाख रुपैँया र युएआरसी टु ले पचास हजार पुरस्कारस्वरुप पाए ।

यु.ए.आर.सी वानको समूहमा सुदिप भुसाल, उज्ज्वल ढकाल, श्रीजन घिमिरे र शिशिर सुवेदी रहेका छन् ।

\"Image

रोबो बिजनेस कप :

रोबोबिजनेस रोबोटिक्स बिज्ञान र प्रविधिमा आधारित उद्यमशीलता प्रवर्धन गर्नको लागि आयोजना गरिएको हो । उद्यमशीलता विकास गर्न र त्यससम्बन्धी प्रविधिको विकास गर्न २ दिने मेन्टरशीप कार्यक्रम आयोजना गरिएको छ ।

मेन्टरशीप कार्यक्रममा इन्टेलेक्चुअल प्रोपर्टी व्यवस्थापन, प्रोटोटाइप टु प्रोडक्ट, थ्रीडी प्रिन्टिङ र सिस्टम डिजाइनसम्बन्धी प्रोडक्ट विकासको १ दिने कार्यक्रम तथा आइडिया टु रियालिटी, दिगो विकास लक्ष्यको महत्व, बिजनेस मोडल क्यानभास विकास र बिजनेस आइडिया प्रस्तुतिसम्बन्धी दोस्रो दिन मेन्टरशीप दिईएको थियो ।

यस कार्यक्रममा सहयोग राम लक्ष्मण इन्नोभेसन, जिनर टेक, फ्युचर ल्याब, रियल टाइम्स सोलुसन, किंग्स कलेज, अन्तरप्रेरणा, नेपाल उद्यमशीलता हबले, नेपाल कम्युनिटर आदिको सहकार्य भएको थियो । १२ ओटा इञ्जिनियरिङ कलेजको १४ ओटा टिम प्रतिस्पर्धा गरिरहेको यस प्रतियोगिता फाल्गुनको ९ गते यन्त्रको समापन भएको थियो ।

जसमा २ विजयी टिमले २ लाख रुपियाँ पाउनेछन् जुन उनीहरुको प्रोडक्ट विकासको निम्ति सिड मनीको रुपमा प्रयोग हुनेछ र ३ महिने प्रोडक्ट इन्कुबेसन तथा ३ महिने बिजनेस इन्कुबेसन पनि प्रदान गरिनेछ । इन्कुबेसन प्रोग्राममा युएनडीपी नेपालको मुख्य सहयोग रहनेछ ।

\"Image

रोबोबिजनेस कपको विजेता ख्वोपा इन्जिनियरिङको टिम हर्के र कान्तिपुर इन्जिनियरिङ कलेजको टिम नेक्स्ट जेनेरेसन हेल्मेट हुनपुग्यो । रौनक जोशी, विज्ञान सुवेदी, कृष्णकुमार चौलागाईं र प्रमिला साखको टिमले रोबोटले गोलभेँडा टिप्ने तथा आवश्यकताअनुसार किटाणु नष्ट गर्न औषधि छर्कनेछ ।

त्यस्तै रौनक हाडा, अच्युत तिमिल्सिना, युक्ति भट्ट, मेषुका रायमाझीको समूहले सुरक्षा नामक नेक्स्ट जेनेरेसन हेल्मेट बनाएका थिए जसको प्रयोग गर्दा मापसे गरेको बेला बाइक नचल्ने, दुर्घटना हुँदा आफ्नो परिवारको सदस्यले जानकारी प्रदान गर्नेछ ।

यन्त्र लर्निङ्ग :
यन्त्र लर्निङ्ग एक मसिन लर्निङ्ग प्रतियोगिता हो, जसमा मेसिन लर्निङ्गको प्रयोग गरी कृषि तथा मेडिकलमा रहेको समस्याहरुलाई समाधान गर्न आयोजना गरिएको हो ।

यस प्रतियोगितामा सहभागीहरुलाई २ दिने ह्याकाथन आयोजना गरिएको थियो । २ दिने ह्याकाथनमा प्रतियोगिहरुलाइ वर्कसप र विज्ञद्वारा मेन्टरसिप प्रदान गरिएको थियो, जहाँ प्रतियोगीहरुले आ–आफ्ना समाधान पनि समानान्तर रुपमा बनाइरहने वातावरण थियो ।

कुन्जुङ शेर्पा र कुशल इङ्गनामको टिम सोक्रट्सले यन्त्र लर्निङमा प्रथम स्थान हासिल पर्न सफल भयो । टिम सोक्रट्सले छातीको एक्सरे हेरर सम्भावित रोगहरुको अनुमान लगाउन सक्ने मसिन लर्निङ सिस्टम बनाएका थिए । समूह इआर साथीले उत्कृष्ट प्रस्तुतिको उपाधि हात पारेको थियो ।

\"Image

यस कार्यक्रममा मुख्य सहयोग युएनडिपी नेपालले गरिरहेको छ । साथै अरु सहयोगीमा  सिमित नेपाल, जिनेसिस सफ्टवेयर सोलुसन, लाबा, लिपफ्रग, गिट हब, एआईडी नेपाल, यामपर्सेप्ट टेक्नोलोजि, यामपर्सेप्ट एकेडेमी, फ्युज मेसिन नेपाल, आर युजर ग्रुप नेपाल, इनसाइट वर्कशप आदि रहेका छन् ।

रोबोटिक्समा स्कुल विद्यार्थीहरुको रुची बढाउन र भोलीको प्रविधिसँग आत्मसात गर्न यन्त्र किड्ससमेत आयोजना गरिएको थियो ।