कीवर्डहरू -

पूर्ण रुपमा आइटी पार्क संचालनमा ल्याउन \'आइटी मिट २०१८\' ले सहयोग पुर्याउने छ

शुक्रबार र शनिबार आइटी मिट २०१८

पूर्ण रुपमा आइटी पार्क संचालनमा ल्याउन  \'आइटी मिट २०१८\' ले सहयोग पुर्याउने छ

हरेक वर्षझैं यस वर्ष पनि काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले आइटी मिटको आयोजना गरेका छन । सन २००६ बाट सुरुवात गरिएको आइटी मिटको यो सातौं संस्करण हो । यस अघिको संस्करण काठमाडौं विश्वविद्यालयमा गरिएपनि यस पटक भने कार्यक्रमलाई बनेपा–पनौती सडकमा अवस्थित आइटी पार्कमा गर्न लागिएको हो ।

काठमाडौं विश्वविद्यालयका कम्प्यूटर साइन्स एवम्  कम्प्यूटर इन्जिनियरिङ्ग विषय अध्ययनरत विद्यार्थीहरु सम्मेलित केयू कम्यूटर कल्बले यस कार्यक्रमको आयोजना गर्न लागेको हो । पुसको २१ र २२ (जनवरी ५ र ६) मा हुन गइरहेको यस आइटी मेलालाई सूचना तथा प्रविधी राज्यमन्त्री बिराज बहादुर विष्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आइटी मिटको पूर्वार्धमा लिभिङ्ग विथ आइसिटीले केयू कम्प्यूटर क्लबकी अध्यक्ष सुमिक्षा भट्टसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

केयू आइटी मिट २०१८ को तयारी कस्तो छ ?
हामीले इभेन्टको अन्य कामहरु लगभग सम्पूर्ण पूरा गरिसकेका छौं । अहिले हामीचाहिँ विषेशरुपमा उद्धधाटन समारोहलाई कसरी व्यवस्थित र भव्य बनाउने भन्नेमा केन्द्रित छौं । यस कार्यक्रममा सहभागिता र अवलोकनककर्ताको ब्यापक उपस्थिती होस भन्ने चाहनाका साथ प्रचारप्रसारलाई ब्यापकता दिनमा पनि लागि परेका छौं । हामीले ५ हजार अवलोकनकर्ताले कार्यक्रम अवलोकन गर्ने आंकलन गरेका छौं र त्यसै अनुरुप तयारी गरिरहेका छौं । 

यस पटकको कार्यक्रम पहिलेभन्दा किन विषेश छ ?
यस अघिको संस्करणको केयू मिट हामीले ३ दिनका लागि आयोजना गरेका थियौं जसमा पहिलो दिन ब्यापक सहभागिता भएको थियो भन्दा पछिल्ला दिनहरुमा सहभागि र अवलोकनकर्ताको सङ्ख्या पातलिन पुग्यो । यस पटक भने हामीले २ दिनका लागि कार्यक्रम आयोजना गर्दै छौं र यसपटक विभिन्न डेमोन्स्ट्रेसन र मेन क्याम्प मात्र यो २ दिनको समयमा समावेश गरेका छौं जसकारण उपस्थिती पनि अघिल्लो संस्करणको तुलनामा बाक्लिने अपेक्षा गरेका छौं । २ दिनमा चल्ने मेन इभेन्टका अलावा हामीले १ महिना अघिदेखि नै प्रि–इभेन्टहरु पनि गरिराखेका छौं । 

आइटी पार्कमा नै यस संस्करणको केयू आइटी मिट किन आयोजना गर्दै हुनुहुन्छ ?
हामीले आइटी पार्कमा आयोजना गरेको केयू आइटी मिट यो पहिलो भने होइन । यस अघि २०१६ मा हामीले आइटी पार्कमै कार्यक्रम आयोजना गरेका थियौ भने हाम्रो २०१७ को संस्करण काठमाडौं विश्वविद्यालयमै आयोजना गर्यौ जुन आइटी पार्कमा गरे जत्तिको प्रभावकारी र सफल हुन नसकेको हामीलाई महसुस भयो जसकारण यस वर्षको संस्करण आइटी पार्कमै गर्ने निधो गर्यौ । यसका अलावा आइटी पार्क केन्द्रमा र अवलोकनकर्ता र सहभागिको पहुचका दृष्टिकोणबाट सहज ठाउँमा भएकाले पनि आइटी पार्कमा नै कार्यक्रम गर्ने भएका छौं । 

यस कार्यक्रममा क–कसले सहभागिता जनाँउदैछन ? 
यस कार्यक्रम विषेशतः सूचना प्रविधी (आइटी) का विद्यार्थी र यसमा चासो राख्ने सवैको सहभागिता हुनेमा हामी विश्वस्त छौं । आइटी र कम्प्यूटर इन्जिनियरिङ्ग विषय अध्ययनरत विद्यार्थीहरुको सहभागिता त हनेछ नै यसपटक विआइएस विषय अध्ययनरत विद्यार्थीहरुको पनि सहभागिता रहने सूचना हामीले पाएका छौं । यसका अलावा हामीले कार्यक्रममा विभिन्न प्रतियोगिताहरु समावेश गरेका छौं जसमा आइटीमा दख्खल राख्ने सहभागिहरुले भाग लिनुहने छ । 

पुल्चोकमा हुने यस्तै किसिमको कार्यक्रम ‘लोकस’ भन्दा यो कसरी फरक छ ?
पुल्चोकले गर्ने लोकस भन्ने कार्यक्रम उसको आफ्नो इभेन्ट हो जसअन्तर्गत दुई–तीन वटा मात्रा इभेन्ट हुने गरेको छ भने हामीले चाहीँ केयू आइटी मिटलाई एउटा मेघा इभेन्ट जस्तो बनाएर यसमा दजर्नको हाराहारीमा विभिन्न प्रतियोगिता र इभेन्ट गरिरहेका छौं । साथै पुल्चोकको लोकस त्यहाँ अध्ययनरत विद्यार्थीहरुको प्रोजेक्ट डेमोन्स्ट्रेसनमै सिमीत रहेको हामीले पाएका छौं । त्यसकारण पुल्चोकको लोकस भन्दा हामी फरक रहेका छौं । 

बार्षिक रुपमा आयोजना गर्ने हेतुले यस केयूआइटी मिटलार्इ २००६ मा पहिलोपल्ट आयोजना गरिएको थियो तर विचका वर्षहरुमा विभिन्न कारणवश कार्यक्रम संचालन नभएकाले यो सातौं संस्करणको कार्यक्रम हामी यस वर्ष आयोजना गर्दैछौं । पछिल्ला केहिबर्षहरुमा भने कार्यक्रम निरन्तर हरेक वर्ष भइरहेको छ र यसलाई निरन्तरता दिने उदेश्यका साथ काम गरिरहेका छौं ।

काठमाडौं बाहिरबाट पनि सहभागीहरुले उपस्थिती जनाउने छन ? 
काठमाडौं बाहिरको कुरा गर्दा लुम्बिनी र चितवका रहभागीहरु आइसक्नु भएको छ साथै अन्य स्थानबाट पनि आउने क्रम जारी रहेको छ । यसका साथै भारतको लभ्ली प्रोफेसन यूनिभर्सिटी र दक्षिण कोरियाको चिङ्गु टेक्निकल यूनिभर्सिटीबाट पनि यसर्य संस्करणमा सहभागिता जनाउने जानकारी पाएका छौं । 

नेपाल सरकार लगायतका सरकारी निकायबाट के कस्तो सहयोग पाउनु भएको छ ? 
सूचना तथा संचार मन्त्रालयबाट हामीले प्रतियोगिताको पुरस्कार राशीमा आर्थीक सहयोग प्राप्त गरेका छौं । यसैगरि सूचना प्रविधि विभाग अन्तर्गत पर्ने आइटी पार्कमा कार्यक्रम -गर्नको लागि स्थान सरकारी स्तरबाट उपलब्ध गर्न सहयोग पाएका छौं । यसका अलावा सरकारी कर्मचारीहरुबाट पनि प्रत्यक्ष, अप्रत्यक्ष सहयोग मिलेको छ । 

आइटी मिट हरेक वर्ष आयोजना हुन्छ ? यो कार्यक्रम केयूका कुन ब्याचका विद्यार्थीले आयोजना गर्ने कार्यक्रम हो ? 
बार्षिक रुपमा आयोजना गर्ने हेतुले यस केयूआइटी मिटलार्इ २००६ मा पहिलोपल्ट आयोजना गरिएको थियो तर विचका वर्षहरुमा विभिन्न कारणवश कार्यक्रम संचालन नभएकाले यो सातौं संस्करणको कार्यक्रम हामी यस वर्ष आयोजना गर्दैछौं । पछिल्ला केहिबर्षहरुमा भने कार्यक्रम निरन्तर हरेक वर्ष भइरहेको छ र यसलाई निरन्तरता दिने उदेश्यका साथ काम गरिरहेका छौं । विषेशगरि यो कार्यक्रम  केयू डिपार्टमेन्ट अफ कम्प्यूटर साइन्स एण्ड इन्जिनियरिङ्ग अन्तर्गत चौथो वर्षका आइटी र कम्प्यूटर इन्जिनियरिङ्ग अध्ययनरत विद्याथीहरुले आयोजना गर्दछन । चौथो बर्षका विद्यार्थीहरुले नेतृत्तवदायी भूमिका खेल्ने यस कार्यक्रममा बाकीँ सबै बर्षका विद्यार्थीहरुको पनि प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको छ । 

आइटी पार्कमा केयूले के के कार्यक्रम गरिरहेको छ , के अब आइटी पार्क राम्रोसँग संचालनमा आएको हो ? 
केयूले २ वटा संस्करणको आइटी मीट आइटी पार्कमा आयोजना गरिसकेका छौं । काठमाडौं विश्वविद्यालयबाट अलि टाढा भएपनि हामीले हाम्रा प्रोजेक्ट डेमोन्सट्रेसन र विभिन्न प्रोजेक्हरुपनि आइटी पार्कमै गर्ने गरेका छौ । हामीले त्यहा आइटी ल्याबमा पनि काम गरेका छौं साथै मास्टर्स अध्ययनरत विद्यार्थीहरुले पनि आफ्नो प्रोजेक्ट त्यही गर्दै आएका छन । केही हद सम्म आइटी पार्क राम्ररी संचालन भएको छ ।