कीवर्डहरू -

डिजिटल लर्निंग डेमा \'निमा एकेडेमी\' सार्बजनिक, शिक्षालाइ डिजिटलाइज गर्ने अभियान

डिजिटल लर्निंग डेमा \'निमा एकेडेमी\' सार्बजनिक, शिक्षालाइ डिजिटलाइज गर्ने अभियान

नेपालमा पहिलो पटक डिजिटल लर्निङ डे मनाइएको छ । बिहिबार काठमाडौंमा निमा एकेडेमीको आयोजना तथा निमा पब्लिकेशन, ब्रेनडिजिट आइटी सोलुसन्स र लिभिङ विथ आइसिटीको सहयोगमा भएको कार्यक्रममा डिजिटल अनलाइन प्लाटफर्म निमा एकेडेमीको सफ्ट लञ्च गरियो ।

‘डिजिटाइजिङ एजुकेशन’को नारासहित नेपालका स्कुल र विद्यार्थीलाई स्मार्ट बनाउने उद्धेश्यले निर्माण गरिएको डिजिटल लर्निङ प्लाटफर्म निमा एकेडेमीले शिक्षण संस्था, शिक्षक, विद्यार्थी र अभिभावकलाई जोड्ने जानकारी आयोजकले दियो ।

इन्टरयाक्टिभ लर्निङ प्रोग्राम र डिजिटल कन्टेन्टसहित लर्निङ म्यानेजमेन्ट सिस्टम, स्कुल म्यानेजमेन्ट सिस्टमको एकीकृत समाधानको रुपमा निमा एकेडेमी आएको छ । यसले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रममा आधारित रही भिडियो ट्युटोरियल र टेक्स्टमा आधारित कन्टेन्ट समावेश गरेको छ ।

सफ्ट लञ्च कार्यक्रममा बोल्दै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिका सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सरकारले अहिले हरेक प्रदेशमा एक÷एक सूचना प्रविधिमैत्री स्मार्ट स्कुल बनाउन लागेको जानेको जानकारी दिए । उनले डिजिटल लर्निङका लागि कम्प्युटर, प्रिन्टर, डिजिटल बोर्डजस्ता हार्डवेयर मात्रै नभई डिजिटल कन्टेन्ट र त्यसको एक्सेसेबिलिटी र एफोर्डेबिलिटीमा ध्यान दिनुपर्ने बताए । उनले निमा एकेडेमीले डिजिटल कन्टेन्ट निर्माणमा काम गरेको सराहना गर्दै हरेक स्कुलमा यसको पहुँच पुर्याउन अनुरोध गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आइटी विज्ञ आनन्दराज खनालले अहिले आर्टिफिसियल इन्टेलिजेन्स, मेशिन लर्निङको जमाना आइसकेको बताउदै भोलीको बजारमा कस्तो जनशक्तिको आवश्यकता हुन्छ, त्यस्तै प्रकारको शिक्षा प्रणाली अपनाउनुपर्ने बेला आएको भनाइ राखे । विद्यार्थीहरुलाई किताबको भारी बोकाएर गुणस्तरीय शिक्षा हुने मानसिकताले अब काम नगेर्न भन्दै उनले प्रविधिमार्फत् पढाउने र सिक्ने तरिकामा धेरै परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले विद्यार्थीले भन्दा पहिले डिजिटल लर्निङबारे जानकार हुनुपर्ने समेत बताए ।

\"\"

प्याब्सन नेपाल प्रदेश ३ का अध्यक्ष थकिन गुरुङले अहिले पेपरलेस एजुकेशनको आवश्यकता रहेकोमा जोड दिदै डिजिटल लर्निङ प्लाटफर्म सबैले एफोर्ड गर्न सक्नेगरी निर्माण र वितरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै निमा एकेडेमीका प्रमुख हरिमान प्रधानले निमा एकेडेमीले बदलिदो समयअनुसार स्मार्ट स्कुल प्याकेज ल्याएको जानकारी दिदै निकट भविष्यमै देशैभर यसको कार्यान्वयन गर्ने योजना रहेको बताए । आगामी शैक्षिक सत्रदेखि विद्यालयहरुमा यसको सुरुवात गरिने तयारी भइरहेको जानकारी उनले दिए ।

अहिले ९, १० कक्षा लगायतको कोर्श निर्माण भइसकेको र अन्य कोर्श पनि विकास भइरहेको जानकारी दिदै निमा एकेडेमीका प्रबन्ध निर्देशक निश्चलमान प्रधानले स्मार्ट एजुकेशनको लागि सफ्टवेयर, एजुकेशन प्लाटफर्मलगायत इन्टरयाक्टिभ प्रोजेक्टरहरु समेत सर्वसुलभ रुपमा उपलब्ध गराउने बताए ।

निमा एकेडेमी अनलाइन डिजिटल लर्निङ प्लाटफर्म हो । विद्यालयतहका पाठ्यक्रमको डिजिटाइज भइरहेको यो प्लाटफर्म सफ्टवेयर र मोबाइल (एन्ड्रोइड, आइओएस र विन्डोज)बाट एक्सेस गर्न मिल्छ । सबै च्याप्टर र युनिटको भिडियो बनाएर यो प्लाटमर्फ तयार पारिएकाे छ जहाँ पाठ्यक्रमको च्याप्टरअनुसारका भिडियो सामाग्री समावेश गरिएको छ । म्याथ र साइन्स विषय थ्रिडी एनिमेशनबाट विद्यार्थीले बुझ्न सजिलो हुने गरी प्रस्तुत गरिएको छ ।