नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत बजेटबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सवारी खरिद गरिएको छ ।
प्राधिकरणको बजेटबाट २ करोड ५ लाख २५ हजार रूपैयाँमा मन्त्रीका लागि एक थान जीप खरिद गरी मन्त्रालयलाई हस्तान्तरण गरिएको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले बताएको हो ।
प्राधिकरणको स्वीकृत कार्यक्रमअनुसार सवारी साधन खरिदमा २ करोड रूपैयाँ बजेट व्यवस्था भएपनि २०७७ पुस १६ गतेको मन्त्रीस्तरको निर्णयबाट मन्त्रीका लागि २ करोड ५ लाख २५ हजारमा एकथान जीप खरिद गरी मन्त्रालयलाई हस्तानतरण गरिएको छ ।
प्राधिकरणको स्वीकृत बजेटबाट मन्त्रीका लागि सवारीसाधन खरिदको लागि खर्च गर्नु कानुनसम्मत नभएको महालेखाको ठहर छ । यस प्रकारको खर्चमा नियन्त्रण गर्न समेत महालेखाले सुझाव दिएको छ ।