कीवर्डहरू -

नेपालको आफ्नो पहिलो भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण हुदै

नेपालको आफ्नो पहिलो भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण हुदै

काठमाडौं। नेपाल स्याट-१ नाम दिइएको नेपालको आफ्नो पहिलो भू–उपग्रह वैशाख ४ गते अन्तरिक्षमा प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालय सङ्ग सहकार्य गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले  यो भू-उपग्रह निर्माण गरेको हो।भू-उपग्रहले पठाएको तथ्यांकहरूको विश्लेषण एवं संकलन गर्न ग्राउन्ड स्टेसन निर्माणको काम भईरहेको छ।ग्राउन्ड स्टेसन दुई महिनाभित्र सम्पन्न गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ।

भू-उपग्रह प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको छ। कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउनेछ। भू-उपग्रह निर्माणका लागि नेपालका बाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए।

उपग्रह पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर करिब ४ सय किलोमिटर माथि रहने छ।उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ। स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीहरूले पुनः स्याटेलाइटको परीक्षण गरेपछि मेको तेस्रो सातामा स्पेस स्टेसनबाट भू-उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ। तिन दिनपछि देखि स्याट-१ भू-उपग्रहले तथ्यांकहरू दिन थाल्ने नास्टले जनाएको छ।

यो भू-उपग्रह नेपालको आकासमा दैनिक ५ देखी १० मिनेटसम्म रहनेछ। स्याटेलाइटमा ४३७ मेगाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ। ‘ग्राउन्ड स्टेसन’मा भू–उपग्रहले पठाएको  गरिनेछ। ग्राउन्ड स्टेसन निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने नास्टले जनाएको छ।