कीवर्डहरू -

पहिलो महिला कम्प्युटर इन्जियिर \'गुणकेशरी\'

युक्रेनबाट कम्प्युटर इन्जिनियर गरेर नेपाल फर्केकी प्रधानले नेपाल टेलिकमको अफिस भिजिट गर्न गएकै दिन सातौं तहको इन्जिनियरको नियुक्ति पाएकी थिइन् ।

पहिलो महिला कम्प्युटर इन्जियिर \'गुणकेशरी\'

आइटीमा नेपाली महिलाको नाम लिने बित्तिकै सम्झिइने नाम हो, गुणकेशरी प्रधान । उनी नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् ।

२०४२ सालमा युक्रेनबाट कम्प्युटर इन्जिनियर गरेर नेपाल फर्केकी प्रधानले नेपाल टेलिकमको अफिस भिजिट गर्न गएकै दिन सातौं तहको इन्जिनियरको नियुक्ति पाएकी थिइन् ।

२०४२ सालमा युक्रेनबाट कम्प्युटर इन्जिनियर गरेर नेपाल फर्केकी प्रधानले नेपाल टेलिकमको अफिस भिजिट गर्न गएकै दिन सातौं तहको इन्जिनियरको नियुक्ति पाएकी थिइन् ।

टेलिकममा टेलिफोनको रकम भुक्तानी कार्य कम्प्ुटराइज्ड गरेर करियर सुरु गरेकी उनले सिस्टम एनालाइसिस र अपरेशन, सफ्टवेयर डेभलपमेन्टमा काम गरिन् । नेपालमा जिएसएम मोबाइल र इन्टरनेट विस्तार ह“दा त्यसको सुपरिवेक्षण पनि प्रधानले गरेकी थिइन् ।

हाल उनी टेलिकमको सेवाबाट रिटाइर्ड भैसकेकी छिन् । यसअघि उनि टेलिकममा अपरेशन्स एन्ड मेन्टेनेन्स डिपार्टमेन्टकी म्यानेजर रहेकी छन् । कहिले प्रबक्ता त कहिले डिपार्टमेन्टको प्रमुख भएर पनि कार्यभार सम्हालिन उनले ।

 नेपाल टेलिकममा के के अवसर छ भनेर कार्यलय गएकै दिन तुरुन्तै तपाइहरु हामीलाई चाहिएको छ, आजै नियुक्ति पत्र लिएर जानु भनेर आधा घण्टामै नियुक्ति दिइयो । त्यसपछि दूरसञ्चार कम्पनीमै करियर सुरु भयो,’ उनले भनिन् ।

जुन उमेरमा महिला एग्रेसिभ्ली बिजनेश सेक्टरमा आउन सक्छन् त्यतिबेला घरायसी समस्या जस्तै बिहे गर्नुपर्ने, घर रेखदेख, बालबाच्चा स्याहार गर्नुपर्ने लगायतका कारण महिला घरमै सिमित हुनुपरिरहेको उनी बताउछिन् ।