कीवर्डहरू -

सूचना प्रबिधि सम्बन्धि बिधेयकमा बिज्ञहरुको सुझाब, सामाजिक संजाल नेपालमा दर्ता हुनुपर्नेमा मन्त्रीको जोड 

सूचना प्रबिधि सम्बन्धि बिधेयकमा बिज्ञहरुको सुझाब, सामाजिक संजाल नेपालमा दर्ता हुनुपर्नेमा मन्त्रीको जोड 


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अग्रगामी परिबर्तन र नया प्रबिधिको प्रयोग बढाउने तर दुरुपयोग रोक्ने हिसाबले नया सूचना प्रबिधि बिधेयक आउन लागेको बताए ।

सामाजिक संजालको बारेमा नचाहिने प्रचार भएको बताउदै उनले भने ुयहाँ सस्था वा कम्पनि दर्ता हुने हो नकि प्रयोगकर्ताु । यसैगरी सामाजिक संजाल दर्ता नगरिकन राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षालाई चुनौती दिएमा त्यो सामाजिक सञ्जाल बन्द गर्नु पर्ने बताएका छन्।


आइतबार संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले संयुक्तरुपमा आयोजना गरेको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का विषयमा सरोकारवालासँग अन्तक्रियामा बोल्दै उनले भने, ‘नेपालमा जस्ले जतिबेलामा पनि प्रयोग गर्ने थलो बनाउने, अनि दर्ता नगरिकन राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षालाई चुनौती दिएमा त्यो सामाजिक सञ्जाल बन्द गर्नुपर्छ।’


मन्त्री बाँस्कोटाले डिजिटल नेपाल निर्माणमा पनि सूचना प्रविधिको क्षेत्र एउटा मुख्य आर्थिक केन्द्र बन्न सक्ने भन्दै उनले विश्वभरि नै दर्ता गरेर सामाजिक सञ्जाल चलाउने र राज्यलाई कर दिर्ने व्यवस्था भएको बताए।
कार्यक्रममा बिधेयकका बारेमा छलफल र सुझाबहरु लीइएको थियो ।

\"\"

सो विधेयकका विषयमा सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारी र अधिवक्ता सन्तोष सिग्देलले कार्यपत्र प्रस्तुत गर्दै विधेयकमा रहेका प्राविधिक पक्षमा स्पष्ट पारेका थिए। बिधेयकका बिभिन्न दफा र उपदफाहरुमा छलफल गर्दै धेरै कुराहरु सुधार गर्नुपर्ने बिज्ञहरुले जोड दिएका छन् ।


विधयेकमा सामाजिक संजालमा गाली गलौज, जिस्क्याउने वा धम्कि हुदा १५ लाख जरिबाना र ५ बर्ष जेल सजाय हुने जस्ता जरिवानाका कुराहरु नमिलेको अधिबक्ता सिग्देलले बताए । यसैगरी सामाजिक संजाल नेपालमा कहाँ दर्ता हुने र प्रडक्ट दर्ता गर्ने कि कम्पनि भन्नेकुरा समेत अस्पस्ट रहेको बताए ।

उपसचिब सुबास ढकाल, सेक्युरिटी बिज्ञ राजनराज पन्त, हेम्पल श्रेष्ठ, बबिता बस्नेत लागयतले बिधेयकका बारेमा सुझाब र प्रतिक्रिया दिएका थिए । सरकारले सूचना प्रबिधिको समग्र क्षेत्रलाइ समेटेर ल्याउन लागेको बिधेयकको बारेमा अहिले संसदमा छलफल जारि छ ।

सामाजिक संजाल बन्द हेन जस्ता हल्लाहरु नि बाहिर चलिरहेको कारण छलफल र आन्तार्क्रियाले सकारात्मक निचोड निकाल्न सकोस भनेर कार्यक्रम आयोजना गरिएको प्रबिधि पत्रकार मंचका अद्यक्ष बिश्वास रेग्मीले बताए ।