कीवर्डहरू -

गुगलको सामाजिक सञ्जाल गुगल प्लस बन्द

गुगलको सामाजिक सञ्जाल गुगल प्लस बन्द


काठमाडौं। प्रयोगकर्तालाई पूर्वजानकारी दिएर गुगलले मंगलबार बाट आफ्नो सामाजिक सञ्जाल गुगल प्लस बन्द गरेको छ। गुगल प्लसमा फोटो र टेक्स्ट सेयर गर्न सकिन्थ्यो।

गुगलले सन २०११ मा फेसबुक र ट्वीटरलाई चुनौती दिन गुगल प्लस खोलेको थियो। यसलाई प्रयोगकर्ताले सुरुदेखि नै मन पराएका थिएनन। यसका डाटाहरु चोरी भएको खुलासा भएको थियो र गुगलले गुगल प्लस बन्द गर्ने घोषणा पनि गरेको थियो।

गुगल प्लस लाई जोगाउने गुगलले आइडिया भने ननिकालेको होइन। युट्युबमा प्रतिक्रिया लेख्न गुगल प्लस एकाउन्ट हुन आवश्यक थियो।