कीवर्डहरू -

एकेडेमिया र इन्डष्ट्रीको ब्रिजिङ गर्दै  \'प्रोफेसनल आइटी ट्रेनिङ इन्स्टिच्युटहरु\' 

एकेडेमिया र इन्डष्ट्रीको ब्रिजिङ गर्दै  \'प्रोफेसनल आइटी ट्रेनिङ इन्स्टिच्युटहरु\' 


नेपालमा प्रोफेसनल आइटी कोर्सहरूको अध्यापन सन् २००० बाट भएको पाइन्छ । एकेडेमिक रूपमा शैक्षिक संस्था तथा विश्वविद्यालयका कोर्स अध्ययनबाहेक पनि नेपालमा हाल आधारभूत कम्प्युटर कोर्सदेखि अन्तर्राष्ट्रिय सर्टिफिकेट कोर्सहरू विभिन्न संस्थाहरूले प्रदान गर्दै आएका छन् ।


प्रविधि क्षेत्रमा हुने विकासको गति दिनानुदिन बढिरहेको सन्दर्भमा विद्यार्थी तथा आइटी क्षेत्रमा प्रोफेसनल करिअर विकास गर्न चाहनेहरूलाई प्रयोगात्मक ज्ञान प्रदान गर्न प्रोफेसनल आइटी कोर्सको आवश्यकता छ ।

हाम्रा विश्वविद्यालयको शिक्षा बढी सैद्धान्तिक हुनु र समयमा कोर्स अपडेट नह“ुदा विद्यार्थी वर्गमा विश्वस्तरीय प्रयोगात्मक ज्ञानको कमी छ । अर्कोतर्फ आइटी क्षेत्र तथा कर्पोरेट क्षेत्रमा लागेका प्रोफेसनलहरूलाई पनि प्रोफेसनल रूपमा काम गर्न एडभान्स कोर्सको आवश्यकता पर्ने गर्दछ ।


आइटी प्रोफेसनल सर्टिफिकेशन प्रोग्रमहरू गैरसरकारी प्रोग्रामहरू हुन्, जसले इन्डष्ट्रीमा आधारित ज्ञान प्रदान गर्दछ । विश्वविद्यालयको शिक्षा बढी सैद्धान्तिक भइरहेका सन्दर्भमा प्रोफेसनल कोर्सहरूले वास्तविक प्रयोगात्मक शिक्षालाई अघि बढाएर विश्वविद्यालयको शिक्षा र आइटी उद्योगबीच रहेको खाल्डोलाई पुर्ने काम गरिरहेका छन् ।


नेपालमा अहिले मुख्यतया प्रोग्रामिङ, एन्ड्रोइड तथा आइओएस एप्स डेभलपमेन्ट, माइक्रोसफ्ट तथा लिनक्स सर्टिफाइड कोर्स, एनिमेसन÷थ्रिडी कोर्स, वेब डेभलपमेन्ट तथा ग्राफिक्स, अकाउन्टिङ, नेटवर्क तथा सेक्युरिटी कोर्स, आधारभूत कम्प्युटर कोर्सहरूलगायत रहेका छन् ।


नेपालमा करिब २ दशक अघिबाट आधारभूत कम्युटर कोर्सको प्रचलन आयो । नेपालमा काठमाडौं उपत्यकाबाहिर र केही दुर्गम क्षेत्रका एसएलसी सकेका विद्यार्थीहरूलाई लक्षित गरेर बेसिक कम्युटर कोर्स, अफिस प्याकेज तथा डिप्लोमा कोर्सहरू विभिन्न इन्स्टिच्युटहरूले दि“दै आएका छन् ।

नेपालमा आइटी क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको क्यानले सुरुवाती दिनहरूबाटै काम गरेको पाइन्छ । नेपालमा पनि आइसिटी क्षेत्रको विकासको विकासलहर भित्रिएस“गै पछिल्लो समय विश्वस्तरका माइक्रोसफ्ट, लिनक्स, रेड ह्याट, सिस्को सर्टिफाइडलगायत कोर्सहरूको अध्यापन विभिन्न इन्स्टिच्युटहरूले गर्दै आएका छन् ।

\"\"

नेपालका केहि प्रोफेसनल आइटी इन्स्टिच्युट
नेपालमा प्रोफेसनल कोर्सहरू पढाउने इन्स्टिच्युटहरूको संख्या दर्जनौं पुगिसकेको छ । आइटी ट्रेनिङदेखि ग्लोबल सिर्टिफाइड इन्स्टिच्युटहरूमध्ये प्रमुख इन्स्टिच्युटहरूमा ब्रोडवे इन्फोसिस, आइटी ट्रेनिङ सेन्टर नेपाल, निओस्फेर, इलिप्स इन्स्टिच्युट अफ इन्फर्मेशन टेक्नोलोजी, कम्युटर पोइन्ट नेपाल, एनआइआइटी, ब्लाकहक, इन्स्टिच्युट अफ डेभलपमेन्ट रहेका छन् ।

त्यसैगरी सुपरबे्रन टेक्नोलोजी प्रालि, एनआइआइटी, लाबा, माइक्रो एसजिएस इन्स्टिच्युट, पास्कल टेक्नोलोजी, नेपाल ट्रेनिङ सेन्टर, माया एनिमेशन, ब्लाकबक्स एनिमेशन, नेपाल ट्रेनिङ सेन्टर, स्लास प्लसलगायत रहेका छन् ।


यीबाहेक काठमाडौंबाहिर पनि केही इन्स्टिच्युटहरूले प्रोफेसनल कोर्सहरू गराइरहेका छन् । नेटवर्क वल्र्ड, डाइनामिक कम्प्युटर, सिएससी, एनआइआइटीलगायतका संस्थाहरूले प्रोफेसनल कोर्सहरू सञ्चालन गरिरहेका छन् । यीबाहेक पनि अन्य दर्जनौंं संस्थाहरूले यस्ता कोर्सहरू सञ्चालन गरेका छन् । तर, कतिपयमा स्किल्ड रिसोर्स पर्सनको अभाव, ल्याबको कमिले व्यावसायिक रूपमा इन्स्टिच्युटहरू सञ्चालन भएको पाइ“दैन ।