कीवर्डहरू -

नेपालको पहिलो स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण हुँदै, यसरी हेर्नुहोस् लाइभ

नेपालको पहिलो स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण हुँदै, यसरी हेर्नुहोस् लाइभ

नेपालको चन्द्रसूर्य झण्डा अंकित नेपालको पहिलो भू-उपग्रह 'नेपाल स्याट-वान' अन्तरीक्षमा प्रक्षेपण हुँदै छ ।

भाेली बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट नेपालको स्याटेलाइट प्रक्षेपण गरिनेछ।

अन्तरीक्षमा प्रक्षेपणको भिडियो नासाले आफ्नो वेब पेजबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

प्रक्षेपणकाे लाइभ भिडियाे हेर्न नासा टिभीकाे याे लिंकमा जानु पर्नेछ ।

जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्य गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ले  यो भू-उपग्रह निर्माण गरेको हो।

वैशाख ४ गते प्रक्षेपण हुने भू-उपग्रहको निर्माण नेपाल बाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले गरेका थिए।

क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू-उपग्रह निर्माण भएको हो।

नेपालसंगै श्रीलंका र जापानको पनि भू उपग्रह प्रक्षेपण हुदैछ। नेपालको यो भू-उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ।

भू-उपग्रह प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको छ।

यो नानो स्याटलाइटले दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ।

भू उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ।