कीवर्डहरू -

सेगवे नाइनबटको नयाँ हाई-पावर ई-स्कुटर एन १०० नेपाली बजारमा

सेगवे नाइनबटको नयाँ हाई-पावर ई-स्कुटर एन १०० नेपाली बजारमा

सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आई हब प्रालिले एन-सिरीज अन्तर्गतको नयाँ ई-स्कुटर सार्वजनिक गरेको छ ।

बढी पावरको साथ अझ प्रभावशाली, नाइनबट एन १०० एन सिरीज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई-स्कुटर हो ।

एन १०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताको लागि नयाँ समाधान हो, जसले सवारी चालकहरुलाई नयाँ र उच्च स्तरको सुविधा प्रदान गर्ने कम्पनीको दावी छ ।

सेगवेले ग्राहकहरुको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन १०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नको लागि रमाइलो कार्निभल आयोजना गर्दैछ । कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुनेछ ।

सहभागीहरूले सेगवेका नयाँ उत्पादनहरूको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनहरूसँग रेसिंग सेगवे मार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुनेछ ।

सेगवे नाइनबटको एन १०० ७२ ईलेक्ट्रिक मोटरसाइकल हो, जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ । एन १०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ ।

यो ई-स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडी गो जस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, जसमा मोबाइल अनुप्रयोग मार्फत स्वचालित अनलक गर्ने वा स्कुटर पोजिसन गर्ने जस्ता कार्यहरुको लागि धेरै सेन्सरहरु छन् ।

थप रुपमा, यसले रमाइलो सवारी अनुभवको लागि सहज र आरामदायी सिट समावेश गरिएको छ । बलियो इन्जिन र प्रभावशाली ब्याट्रीहरुको अलावा, यो आकारमा ठूलो छ र सिट मुनि पर्याप्त ठाउँ छ । समग्रमा, सेगवे नाइनबट एन १०० एक सुविधाजनक ईलेक्ट्रिक स्कुटर हो, जुन शहरी छोटो यात्राको लागि उपयुक्त छ ।

एन १०० ले कम्प्याक्ट डिजाइनको अतिरिक्त अत्याधुनिक मोबाइल एप सहित अत्याधुनिक प्रविधि पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ । एपले प्रकाश, गति र पावर सेटिङहरु सहित अनुकूलन विकल्पहरुको पहुँच प्रदान गर्दछ ।