कीवर्डहरू -

सीएसआइटीएएन द्वारा आयोजित \'पाईथन जानगो वर्कशप\' सम्पन्न  

सीएसआइटीएएन द्वारा आयोजित \'पाईथन जानगो वर्कशप\' सम्पन्न  

अघिल्लो वर्ष गरिएको 'जानगो वर्कशप र ह्याकथन २०१६' पश्चात सकरात्मक प्रतिक्रिया तथा ठुलो सफलता पाएको सीएसआइटिएएन (कम्प्युटर साइन्स एन्ड इन्फरमेसन टेक्नोलोजी असोसिएसन अफ नेपाल ) ले यस बर्ष पनि 'पाइथन डीजानगो वर्कशप' पनि सफलता पुर्वक सम्पन्न गरेको छ । उक्त  'पाइथन जानगो वर्कशप' यहि पौष २२ र २३ गते ललितपुरको हिमालय कलेज अफ इन्जिनियरिंगमा आयोजना भएको थियो ।

'पाईथन डीजानगो वर्कशप' हिमालय इन्जीनियरिंग कलेजको प्रस्तुति तथा सीएसआइटिएएनले अर्गनाइज गरेको थियो भने,यो इभेन्टका लागि बिट्सइनोभेसन र स्लाशप्लसको सपोर्ट  रहेको थियो ।

साथै वर्कशपका लागि टेकलेख, ब्लगर टेक तथा लिभीङ विथ आइसिटि मिडिया मिडिया पार्टनरको रुपमा रहेका थिए । त्यस्तै उक्त इभेन्टका को-अर्डीनेटर अग्रणी अमात्य थिए भने प्रशिक्षकहरुमा आशिष गुरुङ,अंकुर बेलबासे,प्रतिक बस्याल, सरोज राइ तथा बिड्सइनोभेसनका सुमित श्रेष्ठ रहेका थिए ।

\"\"

वर्कशपमा सहभागिताका लागि निश्चित शुल्क निर्धारण गरिएको थियो । त्यस्तै सहभागिताका लागि १०० जनाले आवेदन दिएका थिए भने सय मध्येबाट विभिन्न कलेजबाट २५ जना आवेदकहरुलाई वर्कशपका लागि छानिएको थियो । दुई दिनको लागि संचालन भएको 'पाईथन जानगो वर्कशप' को उद्घाटन सीएसआइटीएएनका महासचिव गोकुल घिमिरिले गरेका थिए ।

वर्कशपको पहिलो दिन पौष २२ गते पाइथन ब्रिफिंग,पाइथनको डाटा टाइप्स तथा मोडुल्स तथा कम्प्युटरमा पाइथन तथा जान्गोको इन्स्टलेसन जस्ता  बिषयहरुमा वर्कशप केन्द्रित भएको थियो । त्यस्तै दोस्रो दिन पौष २३ गते भने वर्कशपमा डीजान्गो मोडल,एडमिन प्यानल, डीजान्गो फर्मको प्रयोगमा ब्याकइन्डको विकास जस्ता विषय समाबेश गरिएको थियो । उक्त वर्कशपको समय भने बिहान १० बजेबाट ४ बजे सम्म रहेको थियो ।

\"\"

सहभागीहरुले समय तथा संशाधनको धेरै भन्दा धेरै फाइदा उठाउन सकुन भन्ने उद्धेश्यका साथ  संचालित यो वर्कशपमा पत्येक सहभागिहरुलाई पाइथन तथा डीजानगो सम्बन्धित कुनै पनि ट्रेनिंग कोर्सका लागि २५ प्रतिशत छात्रवृत्तिको व्यवस्था बिट्सइनोभेसनले गर्ने बताएको छ । त्यस्तै हरेक सहभागीहरुले फुडमारियोको कुनै पनि फुड अर्डरमा रु १०० बराबरको छुट भौचर प्राप्त गर्नेछन् । साथै स्लासप्लसका कुनै पनि कोर्समा सहभागीहरुले ५० प्रतिशत छुट पाउनेछन् ।

वर्कशप सफलतापुर्बक समापन भएकोमा सीएसआइटीएएनले  प्रत्येक सहभागीहरुलाई सर्टीफिकेट पनि प्रदान गरेको थियो । प्रत्येक सहभागीहरुलाई सर्टीफिकेट तथा वर्कशपका ट्रेनर तथा सपोर्टरहरुलाई मायाको चिनो सीएसआइटीएएनका अध्यक्ष भरत डिसीले प्रदान गरेका थिए । अन्त्यमा अध्यक्ष भरत डिसीले सम्पूर्ण सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दै वर्कशपको औपचारीक समापनको घोसणा गरेका थिए ।