कीवर्डहरू -

मिदासले ५ हजारभन्दा बढी विद्यालयसँग काम गरिरहेको छ : निर्देशक बानियाँ

मिदासले ५ हजारभन्दा बढी विद्यालयसँग काम गरिरहेको छ : निर्देशक बानियाँ

शिक्षामा प्रविधिको प्रयोगका लागि १६ वर्षदेखि मिदासले निरन्तर काम गरिरहेको छ । अहिले पछिल्ला २ वर्षलाई हेर्ने हो भने शिक्षण र सिकाइ दुवै प्रक्रियामा प्रविधिको प्रयोग बढिरहेको छ । आइसिटी प्रयोगको सन्दर्भमा निजी विद्यालय केही अगाडि थिए ।

तर सरकारले शिक्षामा डिजिटाइज गर्ने उद्धेश्य लिएअनूरुप सामुदायिक विद्यालयमा पनि स्मार्ट शिक्षाका लागि बजेट पर्न थालेको छ । अहिले स्थानीय सरकारले सामुदायिक विद्यालयलाई गुणस्तरीय, व्यवस्थित र प्रविधिमैत्री बनाउन योजना ल्याएका छन् । यसका लागि उनीहरुले मिदाससँग सहकार्य गरिरहेका छन् ।

हामी पहिले शहरउन्मुख थियो, अहिले गाउँउन्मुख छौं । मिदास ७७ ओटै जिल्लाका विद्यालयमा पुगेको छ । कठिन ठाउँमा विद्यालयमा समेत मिदास पुगेको छ । हामीले सरकारसँग मिलेर १० देखि १२ जिल्लामा गुणस्तरीय शिक्षाका लागि प्रविधिको प्रयोग नामको परियोजना समेत गरिरहेका छौं ।

समग्रमा भन्ने हो भने हामीले आजसम्म ५ हजारभन्दा बढी विद्यालयसँग काम गरिरहेका छौं । मिदासको सेल्फ लर्निङ मटरियल प्रयोगकर्तालाई सहजता होस् भनेर दैनिक, साप्ताहिक र मासिक प्याकेजमा एनसेल, एनटिसी, ई सेवा, आइपे, आइएमी पे लगायतबाट दिएका छौं । एनसेल र एनटिसीको रिचार्जबाट एक दिनका लागि १५ रुपियाँ तिरेर पढ्न सकिन्छ ।