कीवर्डहरू -

पेमेन्ट इन्डस्ट्रीमा एनपेको सार्थक योगदान हुनेछ : प्रबन्ध निर्देशक श्रेष्ठ

पेमेन्ट इन्डस्ट्रीमा एनपेको सार्थक योगदान हुनेछ : प्रबन्ध निर्देशक श्रेष्ठ

११ वर्षदेखि नेपालको पेमेन्ट इन्डस्ट्रीमा काम गरिरहेका प्रताप श्रेष्ठ डिजिटल सेवा प्रदायक कम्पनी नेट पेमेन्ट सोलुसन (एनपे) का प्रबन्ध निर्देशक हुन् । ब्यापारलाई डिजिटाइजेशन गर्ने उद्धेश्य लिएको एनपेले नेपालमा ‘ई–बैंकिङ एग्रिगेटर’को अवधारणामा काम गरिरहेको छ । प्रस्तुत छ श्रेष्ठसँग लिभिङ विथ आइसिटीका लागि शिव बस्नेतले गरेको कुराकानीको सार :

एनपे कस्तो प्रकारको पेमेन्ट प्लाटफर्म हो ?
हामी एनपेलाई बैंकिङ एग्रिगेटर भन्छौं, जसको बिजनेश मोडल भनेको बी टु बी अर्थात् बिजनेश टु बिजनेश हो । हामी ह्वाइट लेबल सोलुसन्स प्रोभाइडरको रुपमा चिनिन्छौं । यसअन्र्तत हाम्रो पेमेन्ट सोलुसन लिएर तपाईंले आफ्नो तरिकाले ब्रान्डिङ गर्न सक्नुहुन्छ । हाम्रो लोगो प्रयोग गर्नपर्दैन । यसर्थ एनपेले ब्रिजको काम गर्छौं । एकातिर मर्चेन्ट र अर्कोतिर पेमेन्ट इन्स्ट्रुमेन्ट हुन्छन् । जस्तो मुभीको टिकेट होस् या अनलाइन सपिङ होस् वा टुर एन्ड ट्राभल नै किन नहोस् जसले अनलाइनमार्फत आफ्नो वस्तु वा सेवा बेच्न खोजिरहरेका हुन्छन् । उनीहरुले यसका लागि पेमेन्ट इन्स्ट्रुमेन्ट अर्थात् भिसा, मास्टर कार्ड, डेबिट कार्ड, ई–बैंकिङ, मोबाइल बैंकिङ वा ई वालेटको मद्धत लिन्छन् । यी दुई पक्षबीचमा काम गर्ने वा ब्रिज गर्ने भनेको हामी हौं ।

हालसम्म कति बैंकसँग सहकार्य गर्नुभएको छ ?
अधिकांश कमर्सियल बैंकहरुसँग सम्झौता भइसकेको छ । अहिले लाइभमा नै २३ ओटा बैंक भइसकेका छन् । अब हाम्रो टार्गेट डेभलपमेन्ट बैंक र फाइनान्स इन्स्टिच्युटहरुमा हुने छ ।

म पेमेन्ट इन्डस्ट्रीमा लामो समयदेखि काम गरिरहेको छु । २०१४ ताका जताततै नेपालमा पेमेन्ट सिस्टम भएन भनिन्थ्यो । यसमा केही गर्र्नुपर्छ भनेर नै एनपे सुरु गरेका हौं । अहिले ३५ बैंकिङ च्यानलसँग सहकार्य भइसकेको छ । कतिपय मर्चेन्टलाई यसबारे थाहा छ । सेक्युरिटी र सेफ्टीको कुरा महत्वपूर्ण हो ।प्रयोगकर्ताले सामान खरिद गरिसकेपछि त्यो डेलिभर हुन्छ कि हुँदैन भन्ने चिन्ता राख्छन् । मर्चेन्टहरु पनि अनलाइन पेमेन्टमा कमिशन तिर्नपर्छ भन्ने सोचाइ राख्छन् । जबसम्म यो प्रवृत्ति परिवर्तन हुँदैन, डिजिटल पेमेन्ट उँभो लाग्दैन ।

पहिलो पेमेन्ट नेटवर्क एससिटी आयो तर, चलेन । एनपेले ल्याएको पेमेन्ट सोलुसनबारे अझै धेरै अनभिज्ञ छन् नि ?
हामी बि टु बी मार्केटमा काम गर्ने भएकाले आफ्नो प्रोमोशन गर्दैनौं । एससिटीले पहिलो पेमेन्ट नेपालमा भित्र्याएको थियो । एनपेले सन् २०१४ मा पहिलो पटक कार्डको पेमेन्ट प्रोसेसरको रुपमा काम थाल्यो । त्यतिखेर एससिटीको व्यवसाय ओरालो लाग्दो थियो । खासै राम्रो भएन । त्यसपछि हामीले ई बैकिग एग्रिगेशनमा काम थाल्यौं । पहिला आफ्नो कारोबार या स्टेटमेन्ट हेर्न मात्रै ई बैंकिग प्रयोग हुन्थ्यो ।त्यही चिजलाई हामीले पेमेन्टको इन्स्ट्रुमेन्ट बनायौं । हामीले पहिलोपटक ई बैकिङ चेकआउट भनेर सुरु गर्यौं । यसबाट पनि कमाइ हुँदो रहेछ भनेर बैंकहरुले थाहा पाए । दुर्भाग्य के भइदियो भने मोबाइल बैंकिग सेवा ह्वात्तै बढ्दा ई बैकिग सेवा घट्दै थियो । यसपछि हामीले २०१७ को मध्येतिर मोबाइल बैंकिग एग्रिगेशन, मोबाइल बैकिग वेब चेकआउट भनेर संसारमै पहिलो पटक गर्यौं । यसले धेरै सजिलो बनाइदिएको छ । तपाईंले नेपालका बैंकहरुमा पेमेन्ट अप्सनमा ई बैंकिग र मोबाइल बैंकिग सेवा देख्नुहुन्छ भने त्यो एनपे नै हो । त्यहाँ हामीले पेमेन्ट च्यानलहरुको एग्रिगेशन गरेका हौं । यसर्थ बाहिर हाम्रो नाम देखिदैन, तर महत्वपूर्ण भूमिका खेल्छौं ।

एनपेकै मोडलमा काम गर्ने नेपालमा अरु पनि छन् कि ? छन् भने तपाईहरु कसरी फरक हुनुहुन्छ ?
हाम्रै मोडलमा काम गर्ने नेपालमा दोस्रो कम्पनी छैन । तर छैन भन्दैमा बैकिगं एग्रिगेशन गर्ने केही छन् । जस्तो एफवान सफ्टको फोन पे नामको आफ्नै नेटवर्क रहेको छ । उहाँहरुले पनि एग्रिगेशनकै काम गरिरहनु भएको छ । तर, हाम्रोमा के फरक छ भने हामी पेमेन्ट इन्डस्ट्रीमा कसैलाई पनि प्रतिष्पर्धी ठान्दैनौं । बरु ‘पुस अप’ गर्ने सहयोग गर्ने काम हो । खल्ती, आइएमई पे, प्रभु पे लगायतले सुरुमा प्रतिष्पर्धी ठान्थे । जब बुझ्नुभयो आफ्नै लागि रहेछ भन्ने थाहा पाउनु भयो । उहाँहरुको ग्राहक हामीले खोस्न पर्दैन । बैंकको ग्राहक बैंकसँगै र पेमेन्ट सोलुसन्स प्रोभाइडरको ग्राहक उनीहरुसँगै हुन्छ । हामी बिचको मेडियटर मात्रै हो ।

एनपेले पे लिंक ल्याएको छ । यो के हो ? कसरी प्रयोग गर्ने ?
२०१८ सम्म अनलाइनमा जति काम गर्ने मर्चेन्ट वा ई–कमर्समा जान खोज्नेहरु सबैको टेक्निकल ब्याकग्राउन्ड राम्रो थिएन । यसकारण हामीले २०१८ मा पे लिंक ल्यायौं । यो अहिले वेब एप्लिकेशनमा मात्रै रहेको छ । मोबाइल एपमा पनि तयार हुँदैछ । यसअन्तर्गत  मर्चेन्टहरु हाम्रो सिस्टममा रजिस्टर गर्नपर्छ । उनीहरुले युजरनेम पासवर्ड पाएर लगइन गरेपछि क्रिएट पेमेन्ट लिंक भनेर बटन आउँछ । कोसँग लिनुपर्ने, कति लिनुपर्ने भन्ने लगायतको दैनिक/मासिक रिपोर्ट बनाउन सकिन्छ । प्रयोग गर्न सरल विधि रहेको छ । साना तथा ठूलो व्यवसायीहरका लागि यो लाभदायक हुन्छ । यो लिंक बेस्ड पेमेन्ट हो । हामीले जेठमहिनासम्म सम्पूर्ण सिस्टमको काम सकी आइटी व्यवसायी, मर्चेन्ट, मिडिया आदिलाई पे लिंकबारे अवगत गराउने योजना ल्याएका छों ।

हामी धेरै प्रचारप्रसारमा काम गर्दैनौं । भोल्युमबेस बिजनेशनमा मात्रै ध्यान दिन्छों । नाफा बी टु बीभन्दा बी टु सीमा धेरै छ । काम पनि धेरै नै छ । बी टु बीमा कम पनि कम छ । कमाई पनि कम नै छ । यसकारण मानिसलाई एनपे भनेर चिनाउन वा बुझाउन गार्हो भएको हुन सक्छ ।

नेपालको पेमेन्ट इन्डस्ट्री राम्रो हुँदै छ भनिए पनि प्रयोगकर्ता अनलाइनबाट पे गर्न तयार छैनन् । कहाँ नेर समस्या छ ?
म पेमेन्ट इन्डस्ट्रीमा लामो समयदेखि काम गरिरहेको छु । २०१४ ताका जताततै नेपालमा पेमेन्ट सिस्टम भएन भनिन्थ्यो । यसमा केही गर्र्नुपर्छ भनेर नै एनपे सुरु गरेका हौं । अहिले ३५ बैंकिङ च्यानलसँग सहकार्य भइसकेको छ । कतिपय मर्चेन्टलाई यसबारे थाहा छ । सेक्युरिटी र सेफ्टीको कुरा महत्वपूर्ण हो ।प्रयोगकर्ताले सामान खरिद गरिसकेपछि त्यो डेलिभर हुन्छ कि हुँदैन भन्ने चिन्ता राख्छन् । मर्चेन्टहरु पनि अनलाइन पेमेन्टमा कमिशन तिर्नपर्छ भन्ने सोचाइ राख्छन् । जबसम्म यो प्रवृत्ति परिवर्तन हुँदैन, डिजिटल पेमेन्ट उँभो लाग्दैन ।

भोलिका दिनमा बिजनेश टु सिटिजन (बिटुसी) मा जाने योजना पनि छ कि ?
तत्कालै त्यस्तो योजना छैन । हामीले बी टु बीमै धेरै काम गर्नपर्ने देख्छु । बिटुसीमा जानभन्दा बिटुसीमा गएकाहरुलाई सहयोग गर्न पाए हामो कम्पनीको उद्धेश्य साकार हुने थियो । पेमेन्ट इन्डस्ट्रीमा कामहरु बाँडेर गर्नपर्छ । बिटुसीको सन्दर्भमा के हुन सक्छ भने कस्टुमरलाई कसरी हामीले रिटेन गर्न सक्छौं, के दिन सक्छौं भनेर हाम्रो साझेदार मर्चेन्टसँग ‘टेलर फिटिङं द प्रडक्ट’ प्रदान गर्न सक्छौं । ह्वाइट लेभल सोलुसनको कुरा गर्दा उनीहरुले एनपेको लोगो नराख्दा अझ राम्रो माने । यसर्थ हामीले उहाँहरुको कस्टम निडअनुसारको सक्दो सहयोग गर्छौं ।

एनपे मार्फत डिजिटल पेमेन्ट सोलुसनको क्षेत्रमा काम गरिरहँदा कस्ता समस्या र चुनौती आइपरेका छन् ?
हामी धेरै प्रचारप्रसारमा काम गर्दैनौं । भोल्युमबेस बिजनेशनमा मात्रै ध्यान दिन्छों । नाफा बी टु बीभन्दा बी टु सीमा धेरै छ । काम पनि धेरै नै छ । बी टु बीमा कम पनि कम छ । कमाई पनि कम नै छ । यसकारण मानिसलाई एनपे भनेर चिनाउन वा बुझाउन गार्हो भएको हुन सक्छ । सबैभन्दा ठूलो बिडम्बना आइटी समुदायका धेरैले एनपेको बिजनेश मोडल र उद्धेश्य चिन्नुभएको छैन । अबका दिनमा भने हामी को हौं भनेर उहाँहरुलाई चिनाउने, बुझाउने र नेपालको पेमेन्ट इन्डस्ट्रीमा ईट्टा थप्न एकअर्कामा हातेमालो गर्ने योजनामा छौं ।

आगामी दिनमा एनपे मार्फत् कस्ता योजना ल्याउदै हुनुहुन्छ ?
हाम्रो मुख्य उद्धेश्य नै पेमेन्ट इन्डस्ट्रीमा ठूलो भूमिका एनपेले पुर्याोस भन्ने हो । २०२० भित्र जति पनि बैंक र वित्तिय संस्थाहरु छन् । उनीहरुलाई एनपेभित्रको नेटवर्कमा ल्याउने योजना हो । उहाँहरुले दिनु भएको भिसा, मास्टर, एससिटी काड जस्ता पेमेन्ट इन्स्ट्रुमेन्टलाई एकै ठाउँमा ल्याएर कम्प्लिट पेमेन्ट गेटवे बनाउने योजना ल्याएका छौं । योजनाबद्ध रुपले अघि बढ्दा हामी निश्चय नै प्रोमोशनमा जान्छौं । मर्चेन्टसँग पुग्ने खालका कार्यक्रम गर्ने छौं । अर्को वर्षमा हरेक बैंक तथा वित्तीय संस्थाहरुसँग हाम्रो सहकार्य हुने गरी योजना ल्याएका छौं ।