कीवर्डहरू -

अबको एक वर्षमा कुलल्याब्स सफ्टवेयर ५ सय विद्यालयमा लैजादै छौं : पाैड्याल

अबको एक वर्षमा कुलल्याब्स सफ्टवेयर ५ सय विद्यालयमा लैजादै छौं : पाैड्याल

अधिप पाैड्याल डिजिटल लर्निङ प्लाटफर्म कुलल्याब्स डटकमका संस्थापक एवं कार्यकारी निर्देशक हुन् । उनीसँग विद्यालय शिक्षामा प्रविधिकाे प्रयाेगका सन्दर्भमा कुराकानी गरेका छाैं :

नेपालकाे शिक्षा क्षेत्रमा कुलल्याब्स डटकमले कसरी काम गरिरहेको छ ?
हामीले विगत ५ वर्षदेखि नेपालमा पढाइ हुने बिषयहरुको डिजिटल पाठ्यसामाग्रीहरु तयार पार्दै आइरहेको छौं । यसरी तयार हुने सामाग्रीहरुको सम्पूर्ण कपिराइट हाम्रो कम्पनीको हुने गरी देशैभरका करिब ५०० शिक्षक र अब्बल विद्यार्थीसँग सहकार्य गरी ३ तहको चेकजाँचपश्चात हाम्रो वेबसाइट kullabs.com मार्फत सित्तैमा उपलब्ध गराउँदै आएका छौं । सुरुवाती चरणमा एक महिनामा मात्र ५००० विद्यार्थी तथा शिक्षकहरुले प्रयोग गर्ने गरेको हाम्रो वेबसाइट अहिले महिनामा करिब ६ लाखले प्रयोग गर्ने गरेका छन् । सुरुका दिनहरुमा कन्टेन्ट बनाउन ब्यापक खर्च भएको भए पनि अहिले प्रयोगकर्ता निकै नै बढेको भएर हामीले विज्ञापनहरु मार्फत सस्टेन हुँदै आइरहेको छौं।

आगामी दिनमा हामीले अनलाइन मात्र नभई इन्टरनेटबिना पनि प्रयोग गर्न मिल्ने गरी कक्षा ८ देखि १२ सम्मको २१ वटा भिन्दाभिन्दै विषयको पाठ्यसामाग्री समेटिएको एप्लिकेसन रिलिज गर्ने तयारि गर्दै छौं । यस क्रममा केही एनजिओ र आइएनजिओसँग मिलेर देशैभरबाट १५० विद्यालय र ७ लाइब्रेरीमा पाइलटिङ गरेर हेर्दा त्यहाँबाट निकै राम्रो प्रतिक्रिया आएको छ । केही शिक्षकहरुले नेपाली माध्यमबाट पनि यस्तै सिस्टम बनाउन पाए अझ सहज हुने कुरा पनि राख्नुभएको छ र सो काम गर्नको लागि हामी उचित लगानीको पनि खोजि गरिरहेको छौं । सँगसँगै हामीले अब विद्यार्थी तथा शिक्षकहरुलाई पठनपाठनमा सहयोग हुने हिसाबले केही एनिमेटेड भिडियो कन्टेन्टमा पनि काम गरिरहेको छौं ।

विगत ८ महिनामा १५० स्कलहरुले हाम्रो सफ्टवेयर प्रयोग गर्दै आइरहनु भएको छ र आउँदो वर्ष ५०० स्कुलमा यो सफ्टवेयर लगाउन तयारी गर्दै छौं । सफ्टवेयर निकै सहज र पैसाको भ्यालु पनि दिने खालको रहेको प्रतिक्रिया हामीले शिक्षकहरु मार्फत पाइरहेका छौं ।

एउटा स्कुल कसरी स्मार्ट बन्न सक्छ ?
एउटा स्कूल तब स्मार्ट हुन्छ जब त्यस स्कुलले पठनपाठनको पुरानो ढंगलाई अहिले आइरहेको नयाँ प्रविधिसँग जोडेर लैजान सक्छ । नेपालमा प्रविधिको प्रयोग हुने स्कुलहरु नभएका होइनन्, तर प्रविधिको नाममा निकै चर्को शुल्क लिदैं आइरहेको देखिन्छ । प्रविधिको प्रयोगले त झन् कम शुल्कमा पढाइ हुन सक्छ । वर्षेनी किताबमा हुने खर्चलाई कटाएर ५ वर्षसम्म राम्ररी चल्नसक्ने स्मार्ट डिभाइस प्रयोग गर्ने हो भने विद्यार्थीहरुको झोलाको भार नै कम हुनेछ । स्कुलको शुल्क तिर्नलाइ कुनै डिजिटल पेमेन्ट सिस्टम प्रयोग गरे समयको निकै बचत हुन्छ । डायरी, होमवर्क, स्टाफ र विभिन्न मिटिङहरु पनि कुनै एप्लिकेसनमार्फत म्यानेज गर्न निकै सहज हुन्छ ।

कक्षाकोठामा स्मार्ट डिभाइसहरुको प्रयोग गरी ४५ मिनेटको क्लासमा सकाउनुपर्ने विषयवस्तु सजिलै १५ मिनेटमा सकाउन सकिन्छ र बचेको ३० मिनेटमा विद्यार्थीहरुलाई प्राक्टिकल नलेज दिन सकिन्छ । यो सबै कल्पनात्मक लाग्न सक्छ तर, दूरदर्शन भएका कतिपय स्कुलहरुले यी सबै गरेर निकै कम शुल्कमा गुणस्तर सेवा प्रदान गर्न थालिसकेको छन् । हो, त्यस्तै स्कूलहरु नै स्मार्ट स्कुल हुन् जसले आफ्नो न्युनतम खर्च गरेर प्रविधिलाई अँगाल्दै विशिष्ट सेवा दिने गर्छन् ।

शिक्षकहरु पनि प्रविधिमैत्री नहुँदा बच्चाको आँखा बिग्रिन्छ, पढ्ने बानी बिग्रिन्छ भन्ने खालको टिप्पणी हामीले पाएको थियौं । तर, अहिले हामीले थुप्रै शिक्षकहरुलाई डिजिटल साक्षर बनाउन सफल भएको छौ र नराम्रो भन्नेहरुले पनि विस्तारै हाम्रो प्रविधि प्रयोग गर्दै आउनु भएको छ ।

कुलल्याब्सले कसरी यसका प्रयाेगर्ता बढाइरहेकाे छ ? कस्ता सुविधा दिइरहेकाे छ ?
नेपालमा इन्टरनेट प्रयोगकर्ता बढ्दै गइरहेको अवस्थामा कुलल्याब्स डटकमले शैक्षिक क्षेत्रमा निकै राम्रो नाम कमाइरहेको छ । यही वर्ष जिबिजी स्टोरिज सर्चको उत्कृष्ट १० मा पर्न पनि हामी सफल भयौं । सँगसँगै काठमाडौं विश्वविद्यालयको इन्क्युबेशनमा आइडिया स्टुडियो नेपालमा पनि उत्कृष्ट ९ मा पर्न सफल भएका छौं । यस्तै अलिक बढी आम्दानी सिर्जनाको लागि नेपालको उत्कृष्ट कम्पनीहरुसँग मिलेर विभिन्न भर्टिकलहरुमा पनि काम गरिरहेको छौ । विगत ८ महिनामा १५० स्कलहरुले हाम्रो सफ्टवेयर प्रयोग गर्दै आइरहनु भएको छ र आउँदो वर्ष ५०० स्कुलमा यो सफ्टवेयर लगाउन तयारी गर्दै छौं । सफ्टवेयर निकै सहज र पैसाको भ्यालु पनि दिने खालको रहेको प्रतिक्रिया हामीले शिक्षकहरु मार्फत पाइरहेका छौं ।

विद्यार्थीहरुलाई पनि मनोबल बढाउन यसले सहयोग गरेको छ । आमाबाबुले ट्युसनको सट्टा हाम्रो सफ्टवेयर किनेर आफ्ना बच्चाहरुले प्रयोग गर्दा उसको पढाइ सुधार भएको पनि हामीलाई बताउनुभएको छ । अहिले सुरुवाती चरणमा वेबसाइटकै प्रयोगकर्ताहरुले यो सफ्टवेयर किनिरहनु भएको छ । ५ दिनको लागि ट्राइ गर्न मिल्ने यो सफ्टवेयर हामीले कुलल्याब्स डटकममा डाउनलोड गर्न मिल्ने गरी राखेका छौं ।

नेपालमा यदि राम्रो क्वालिटीको डिजिटल लर्निङ प्लाटफर्म बनाउने हो भने सकेसम्म हातेमालो गरी हामी सबैले काम गर्नु पर्ने छ । अहिले भिन्नभिन्न तरिका हुँदै आएकोमा सबै तरिका हरु मिश्रित एकल प्लाटफर्म सिर्जना गर्न सके नेपालको शैक्षिक गुणस्तरमा ठूलै प्रभाव पार्न सकिन्छ ।

नयाँ सोचसहित काम सञ्चालन गरिरहँदा कस्ता अप्ठ्यारा र चुनौती आउने गरेका छन् ?
सुरुवाती चरणमा स्कुलहरुले हामीलाई रिकमेन्ड गर्न हिच्किचाउनु हुन्थ्यो । समयको मागसँगै अहिले हजारौं स्कुलका शिक्षक तथा विद्यार्थीले कुलल्याब्स प्रयोग गर्दै आउनु भएको छ । सुरुका दिनमा प्रयोगकर्ता कम भएकाले सस्टेन हुन निकै गाह्रो हुन्थ्यो । शिक्षकहरु पनि प्रविधिमैत्री नहुँदा बच्चाको आँखा बिग्रिन्छ, पढ्ने बानी बिग्रिन्छ भन्ने खालको टिप्पणी हामीले पाएको थियौं । तर, अहिले हामीले थुप्रै शिक्षकहरुलाई डिजिटल साक्षर बनाउन सफल भएको छौ र नराम्रो भन्नेहरुले पनि विस्तारै हाम्रो प्रविधि प्रयोग गर्दै आउनु भएको छ ।

हामीलाई गतवर्ष अगाडि बढ्न निकै नै गाह्रो भइरहेको थियो  । ५ वर्षअगाडि सुरु गरिएको कुलल्याब्स डटकममा केही वर्ष अगाडि निकै राम्रो लगानी आएको थियो र सो लगानीले गर्दा हामीले निकै धेरै कन्टेन्ट बनाउन पनि सफल भयौ । तर, लङ टर्म भिजन भएको यस कम्पनीका केही लगानीकर्ताहरु हामीसँग छुट्टिने तरखर गर्न थाल्नु भयो । छोटो समयमा परिवर्तन खोज्ने र निकै सजिलो ढंगबाट पैसा कमाउन सकिन्छ भन्ने नेपाली  लगानीकर्ताहरुको सोचले हामीलाई पनि असर गरेको थियो । त्यस्तै भिजनमा एक्यबद्धता नहुँदा हाम्रो टिम पनि फेरबदल भयो । यी सबै कुरा म्यानेज गर्न मात्र हाम्रो १ वर्ष समय बित्यो ।

के अब स्मार्ट स्कूलको लागि स्कुल, शिक्षक र अभिभावक तयार छन् ?
अहिले विस्तारै नेपाल प्रविधिमैत्री बन्दै छ । सबैजनाले केही न केही प्रकारको प्रविधि प्रयोग हरेक दिन गर्नुहुन्छ । हामीले गरेको रिसर्चमा १०० मध्ये ९२ विद्यार्थीले प्रविधि सहज भएको र पढाइमा पनि सुधार भएकोले कुलल्याब्स प्रयोग गर्ने गरेको बताए । शिक्षकहरु पनि प्रविधिमैत्री हुन खोजिरहनु भएको छ, जसको उदाहरण तपाईंले हरेक स्कुलमा कम्तिमा एक जना शिक्षकले प्रविधिको प्रयोग गरेर पढाउने गरेको पाउन सक्नुहुन्छ । अभिभावकहरुमा अझै पनि केही हदसम्म कम्पुटर र मोबाइल चलाउँदा बच्चा बिग्रने डर रहेको हामीले पाएका छौं । १० मध्ये मात्र ४ अभिभावकले पढाइको लागि इन्टरनेटको प्रयोग गर्न छुट दिने गरेको पाइन्छ ।

तर, स्कुल र विद्यालयको आग्रहमा भने सजिलै सबैजनाले आफ्ना बच्चाहरुलाई इन्टरनेट मार्फत पढाइ गर्न दिने तर्क गर्ने गरेको हामीले पाएका छौं । तर पनि थुप्रै अभिभावकले अझै पनि यो कुरा स्पस्ट नबुझेकाले किताब र कपी समातेको मात्र पढाइ हुनसक्छ भन्ने मान्यता राख्ने गर्नुभएको छ । केही स्कुलहरुमा भने प्रविधिमार्फत पढाइ भयो भने महँगो शुल्क लिन पाइने लोभ पलाएको पनि छ । जबकी एक बच्चा बराबर महिनाको १ रुपैयाँभन्दा कममा नै इन्टरनेट प्रयोग गरी थुप्रै स्कूलहरु प्रविधि अँगाल्दै गएको छन् ।

सुरुवाती चरणमा स्कुलहरुले हामीलाई रिकमेन्ड गर्न हिच्किचाउनु हुन्थ्यो । समयको मागसँगै अहिले हजारौं स्कुलका शिक्षक तथा विद्यार्थीले कुलल्याब्स प्रयोग गर्दै आउनु भएको छ ।

नेपालमा डिजिटल लर्निङ प्लाटफर्मको गुणस्तर कस्तो रहेको पाउनुभएको छ ?
अहिले नेपालमा डिजिटल लर्निङ प्लाटफर्महरु आइरहेका छन् । केहीले यसलाई व्यक्तिगत ब्लग जस्तो गरी चलाइरहनु भएको छ भने केहीले दूरदर्शिता कायम गरी शिक्षा क्षेत्रमा करोडौं खर्च गरी भविष्यमा राम्रो प्रतिफल दिने गरी काम गरीरहनु भएको छ । हामीले बुझेअनुसार क्वालिटी एजुकेशन प्रदान गर्न भिन्न-भिन्न किसिम र क्वालिटीका डिजिटल प्लाटफर्महरु प्रयोगमा छन् र सबैको आफ्नो आफ्नो विशेषता पनि छ । नेपालमा यदि राम्रो क्वालिटीको डिजिटल लर्निङ प्लाटफर्म बनाउने हो भने सकेसम्म हातेमालो गरी हामी सबैले काम गर्नु पर्ने छ । अहिले भिन्नभिन्न तरिका हुँदै आएकोमा सबै तरिकाहरु मिश्रित एकल प्लाटफर्म सिर्जना गर्न सके नेपालको शैक्षिक गुणस्तरमा ठूलै प्रभाव पार्न सकिन्छ ।

यसको लागि स्थानीय सरकार,सरकारी तथा निजि विद्यालयहरुका साथै अभिभावकहरुमा पनि डिजिटल शिक्षाको महत्व थाहा हुन जरूरी छ । शिक्षकहरु पनि अझै प्रविधिमैत्री बन्दै जानु पर्ने जरूरी देखिन्छ । एजुकेशन सिस्टमलाई पूर्ण रुपले अटोमेट गर्न सबैभन्दा पहिले अभिभावक सजग हुनु जरूरी छ । त्यसपछि शिक्षक र स्कुलको भूमिका महत्वपुर्ण हुन्छ । अनि मात्र विद्यार्थीहरु प्रविधि मा रमाउँदै पढ्न सक्नेछन् । सजग बनाउने अभियान स्थानीय सरकारबाट पनि सुरु गर्न सकिन्छ । त्यस्तै अहिले यस क्षेत्रमा काम गरिरहनु भएका संघसंस्था पनि कम्तिमा अब को ५ वर्षपछिको परिणाम सोचेर मात्र काम गर्न थाल्दा सहज हुन्छ ।