नेपाल दूरसञ्चार प्राधिकरणले हालै पुस महिनाको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा दूरसञ्चार सेवा प्रदायकका ग्राहक, बजार हिस्सा लगायत प्राधिकरणका गतिविधि बारे जानकारी दिइदै आइएको छ ।
प्राधिकरणको उक्त प्रतिवेदनमा इन्टरनेट सेवा प्रदायकको ग्राहक संख्या समेत राखिएको छ । प्राधिकरणले इमेलसहित इन्टरनेट सेवा प्रदान गर्न १३७ कम्पनीलाई अनुमति दिएको छ । यी मध्ये धेरैजसोले सेवा प्रदान गरिरहेका छैनन्, अनुमति लिएर मात्रै बसेका छन् ।
पुससम्मको डेटा समावेश गरेर सार्वजनिक गरिएको उक्त प्रतिवेदन अनुसार ग्राहक संख्याका आधारमा उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायक कुन कुन छन्, त्यसको बारेमा आज जानकारी दिदैछौं ।
१. वर्ल्डलिंक
वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो । पुससम्म वर्ल्डलिंकका ७ लाख २९ हजार ७७३ जना ग्राहक छन् ।
२. नेपाल टेलिकम
साउनको एमआईएस प्रतिवेदन अनुसार ग्राहक संख्याका आधारमा दोस्रो नम्बरमा पर्न सफल भएको छ, नेपाल टेलिकम । पुससम्म टेलिकमका २ लाख ८६ हजार १३६ ग्राहक रहेका छन् ।
३. क्लासिक टेक
प्रतिवेदन अनुसार यस सूचीको चौथो नम्बरमा रहेको छ, क्लासिक टेक । पुससम्म क्लासिक टेकका २ लाख ६२ हजार ६८० रहेका छन् ।
४. भायानेट
प्रतिवेदन अनुसार पुससम्म भायानेटका २ लाख ५७ हजार १६७ ग्राहक रहेका छन् ।
५. सुबिसु
प्रतिवेदन अनुसार धेरै ग्राहक हुने इन्टरनेट सेवा प्रदायकको सूचीमा छ, सुबिसु केबलनेट । पुससम्म सुबिसुका २ लाख ४६ हजार ५२४ ग्राहक रहेका छन् ।
६. डिशहोम
सन् २०२० इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले आक्रामक रूपमा सेवा विस्तार गरिरहेको छ । पुससम्म डिशहोम फाइबरनेटका २ लाख ७ हजार ७४० ग्राहक रहेका छन् ।
७. वेब सर्फर
ग्राहक संख्याको आधारमा उत्कृष्ट ७ इन्टरनेट सेवा प्रदायकमा वेब सर्फर कम्युनिकेसन प्रालि पर्न सफल भएको छ । पुससम्म वेब सर्फरका १ लाख २४ हजार ५०० रहेका छन् ।
८. टेक माइन्ड्स
यस सूचीको आठौं नम्बरमा पर्न सफल भएकाे छ, टेक माइन्ड्स नेटवर्क प्रालि । पुससम्म टेक माइन्ड्स ग्राहक १ लाख ८ हजार ९९१ ग्राहक रहेका छन् ।
९. ब्रोडलिंक
प्रतिवेदन अनुसार ग्राहक संख्याको आधारमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालि ९ नम्बरमा पर्न सफल भएको छ । वैशाखसम्म ब्रोडलिंकका ५३ हजार ८५२ रहेका छन् ।
१०. सीजी नेट
यस सूचीको १० नम्बरमा पर्न सफल भएको छ, सीजी कम्युनिकेसन प्रालि । पुससम्म सिजी नेटका ग्राहक ४४ हजार रहेका छन् ।