कीवर्डहरू -

‘स्कुलका लागि डिजिटल लर्निङ प्लाटफर्म ‘निमा एकेडेमी’ ल्याएका छौं’ : प्रधान

‘स्कुलका लागि डिजिटल लर्निङ प्लाटफर्म ‘निमा एकेडेमी’ ल्याएका छौं’ : प्रधान

‘डिजिटाइजिङ एजुकेशन’को नारासहित नेपालका स्कुल र विद्यार्थीलाई स्मार्ट बनाउन उद्धेश्यले सुरु डिजिटल लर्निङ प्लाटफर्म सुरु गरेका छौं । हामी इन्टरयाक्टिभ लर्निङ प्रोग्राम र डिजिटल कन्टेन्टसहित लर्निङ म्यानेजमेन्ट सिस्टम, स्कुल म्यानेजमेन्ट सिस्टमको एकीकृत समाधानको रुपमा आउन लागेका छौं । निमा एकेडेमीमार्फत पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रममा आधारित रही भिडियो ट्युटोरियल र टेक्स्टमा आधारित कन्टेन्ट समावेश गरेको छ ।

नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै काम गरिरहेका छौं । सबै सामाग्री पूर्ण रुपमा तयार त भएको छैन । मार्केटमा रिसर्च र टेस्टकै चरणमा छौं । स्कुलको आवश्यकता र सुझावमा काम गरिरहेका छौं । अहिले कक्षा १० को कम्प्लिट कन्टेन्ट तयार भइसकेको छ । हामीले निमा एकेडेमी मार्फत शिक्षक र विद्यार्थीलाई कसरी इन्टरयाक्टिभ बनाउन सकिन्छ भन्नेमा ध्यान दिएका छौं ।

विद्यालयतहका पाठ्यक्रमको डिजिटाइज भइरहेको यो प्लाटफर्म सफ्टवेयर र मोबाइल (एन्ड्रोइड, आइओएस र विन्डोज)बाट एक्सेस गर्न मिल्छ । सबै च्याप्टर र युनिटको भिडियो बनाएर यो प्लाटमर्फ तयार पारिएको छ जहाँ पाठ्यक्रमको च्याप्टरअनुसारका भिडियो सामाग्री समावेश गरिएको छ । म्याथ र साइन्स विषय थ्रिडी एनिमेशनबाट विद्यार्थीले बुझ्न सजिलो हुने गरी प्रस्तुत गरिएको छ ।

शिक्षकले भिडियोबाट मात्रै नभई कसरी सम्बन्धित विषयमा अझै सजिलो गरी सिकाउन सक्छन् भन्नेमा ध्यान दिएका छौं । स्मार्ट एजुकेशनको लागि सफ्टवेयर, एजुकेशन प्लाटफर्मलगायत इन्टरयाक्टिभ प्रोजेक्टरहरु समेत सर्वसुलभ रुपमा उपलब्ध गराउने योजना ल्याएका छौं । स्मार्ट स्कुल बनाउन हार्डवेयर, सफ्टवेयर र कन्टेन्ट चाहिन्छ । अहिले ७० प्रतिशतभन्दा बढी स्कुलमा सफ्टवेयर छ होला तर स्मार्ट वा प्रविधिमैत्री हुनका लागि यी ३ ओटैको प्रयोग एवं उचित व्यवस्थापन हुन जरुरी छ ।