अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धिमताले मानिसको मस्तिष्कमा चलिरहेको दृश्य स्केच गर्न सक्ने भएको छ ।
एआई र फङ्सनल म्यागनेटिक रिजोनेन्स इम्याजिनिङ (एफएमआरआई) मेसिनको सहयोगले मानिसको मस्तिस्कमा चलिरहेको दृश्य स्केच गर्न सकिने भएको हो ।
नेसनल युनिभर्सिटी अफ सिंगापुरका डक्टोरल विद्यार्थी जिजियाओ चेनसहितको अनुसन्धान समूहले गत नोभेम्बरमा सार्वजनिक गरेको पेपर अनुसार मानिसको मस्तिष्क स्क्यानलाई डिकोड गरी के सोचिरहेको छ भनेर पत्ता लगाउन सकिने छ ।
नेसनल युनिभर्सीटी अफ सिङगापुर, चाइनिज युनिभर्सीटी अफ हङकङ र स्ट्याण्डफोर्ड युनिभर्सीटीको अनुसन्धानकर्मीहरुबाट बनेको उक्त अनुसन्धान टोलीले सहभागीलाई खैरो भवन, फायरट्रक र जिराफले पात खार्दै गरेको लगायत १ हजार भन्दा बढी तस्बिर एफएमआरआईबाट हेर्न लगाएको थियो ।
तस्विर हेर्दा एफएमआरआईले वास्तविक समयमा सहभागीको मस्तिष्कको सिंगनल रेकर्ड गरिरहेको थियो । त्यसपछि अनुसन्धानकर्ताहरूले उक्त सिंगनल एआई मोडललाई तालिम दिन सम्बन्धित निश्चित इमेज र ब्रेन प्याटर्न पठाएका थिए ।
एफएमआरआई भित्र देखाइएको तस्विरमा सिस्टमले ब्रेन वेभ्स डिटेक्ट गरेको थियो भने सहभागीको सोचिरहेको ब्रेन वेभ्स जेनेरेट समेत गरेको थियो । त्यसपछि एआई इमेज जेनेरेटर प्रयोग गरी सहभागीले देखेको जस्तै तस्विर निकालिएको थियो ।
उक्त एआईले जेनेरेट गरेको तस्विर वास्तविक तस्विरसँग करिब ८४ प्रतिशत मिलेको थियो । यद्यपी परीक्षण गर्नुभन्दा करिब २० घण्टा अगाडि एफएमआरआई डाटाबाट प्रत्येक सहभागीको मस्तिष्कको गतिविधिमा एआई मोडललाई तालिम दिन आवश्यक छ ।
एक दशकमा यस प्रविधिलाई जुनसुकै ठाउँमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताको विश्वास छ । यसले अपांगता भएका विरामीहरूले के सोच्छन् र के देख्छन् भन्ने कुरा रिकभर गर्न सक्ने चेनको भनाइ छ ।
वैज्ञानिकहरूले प्रविधिबाट दिमागको क्रियाकलापलाई डिकोड गर्न लामो समयदेखि काम गरीरहेका छन् । धेरै एआइ अनुसन्धानकर्मीहरु अहिले विभिन्न न्युरो सम्बन्धित एआई एप्लिकेसन काम गरिरहेका छन ।
युनिभर्सीटी अफ क्यालीफर्नीयाका बर्कले वैज्ञानिक ज्याक ग्यालेन्टले दशक देखि छुट्टा छुट्टै अल्गोरिदममार्फत मस्तिष्क डिकोड गर्ने तरिका अध्ययन गरिरहेका छन् ।
ज्याकले यो प्रविधिलाई विकास गर्न दिमाग डिकोड गर्ने मोडल र एआइ मात्र नभई मस्तिस्क इमेजिङ उपकरण र अनुसन्धानकर्मीहरूसँग रहेको डाटामा निर्भर गर्ने बताएका छन् । एफएमआरआई मेसिन र डेटा संकलनले मस्तिष्कको अध्ययनमा बाधा उत्पन्न गर्ने जनाइएको छ ।
आउँदो दशकमा चिकित्सा क्षेत्रमा ब्रेन डिकोडिङ प्रयोग हुने देखिएपछि आम सर्वसाधारणको पहुँचमा आउन भने केही दशक लाग्ने छ ।