कीवर्डहरू -

समृद्ध नेपालका लागि प्रविधिलाई उत्पादन र विकाससँग जाेड्न आवश्यक : प्रम

समृद्ध नेपालका लागि प्रविधिलाई उत्पादन र विकाससँग जाेड्न आवश्यक : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि सरकारकाे प्राथमिकतामा रहेकाे बताएका छन् ।

राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसकाे अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको विकासबिना समृद्धिको यात्रा पूरा नहुने भएकाले यसको चौतर्फी विकास गर्ने लक्ष्य सरकारले राखेको बताए ।

उनले कृषि, स्वास्थ्य, शिक्षा, वित्त, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सूचना प्रविधिको पहुँच पुर्‍याउने सरकारी लक्ष्य रहेको भनाइ राखे ।

केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने भए पनि अहिले यो अत्यावश्यक वस्तु भइसकेको धारणा उनले राखे ।

प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्नेमा जाेड दिदै उनले प्रविधिको प्रयोग गरी समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सरकार लागिपरेकाे बताए ।