कीवर्डहरू -

सुबुनाको टेक्नो लाइफस्टाइल 

सुबुनाको टेक्नो लाइफस्टाइल 

केहि समयअघि देश चुनावमय भइरहेको बेला यस्ता एक उमेद्वारको बारेमा हामीले टेक्नो लाइफस्टाइल प्रस्तुत गरेका थियौ, जो सम्भवत प्रतिनिधि सभाको लागि सबैभन्दा कान्छी उमेद््वार थिइन। विवेकशिल साझा पार्टीबाट काठमाण्डौ ४ बाट उमेद्वार भएकी सुबुना बस्नेत अहिले चर्चामा छिन । चर्चित युवा नेता गगन थापा र राजन भटटराइसँग प्रतिस्प्रधामा उत्रिएकी उनको टेक्नो लाइफ स्टाइलको बारेमा केहि कुरा गराँै ।

चुनावी एजेन्डामा आइटीका कुरा


प्रतिनिधि उमेद्वारको रुपमा काठमाण्डौ ४ का घरघरमा भोट माग्दै हिडिरहेकी २६ वर्षिय सुबुनाले प्रविधिका कुरा पनि गरिन । उनले युवाहरुलाइ स्वदेशमै बसरे प्रविधिको प्रयोग गरि विकास गर्न सकिने सम्भावना देखाइन । आइसिटी विकासको महत्वपुर्ण टुल्सको रुपमा प्रयोग गर्ने बताउदै युवा मतदातालाइ आकर्षित गर्ने प्रयास गरेकी थिन ।


भष्ट्रचार नियन्त्रण गर्न प्रविधिको प्रयोगमा जोड


सुवुनाको चुनावी एजेन्डामा भ्रष्टचारका कुराले प्राथमिकता पाएको थियो । भ्रष्टचार निर्मुल समाज निमार्णको लागि भोट मागिरहेकि उनले प्रविधिको प्रयोगमा जोड दिएमा सुशासन ल्याउन सकिने बताउछिन । ट्रान्सपरेन्सी र एकाउन्टविलिटीको लागि आइसिटीको प्रयोग तर्फ उनि सचेत रहेको बताउछिन ।

\"\"
पाच हजार तिरेर सिमकार्ड


सुबुनाले पुर्खौली घर इलाममा ५ हजार तिरेर सिमकार्ड लिएको समझन्छिन । एसएलसी सकेपछि लाइन बसेर ५ हजार तिरेर एनटिसी प्रिपेड सिमकार्ड निकालेकी उनले अहिले पनि त्यहि सिम प्रयोग गर्छिन ।

आइफोनको स्मार्टफोन र डेलको ल्यापटप


सुबुना ग्याजेट्स प्रमि त हुन नै तर बाराम्बार फेरिरहने उनको बानी छैन । उनले केहि समयअघि नै लिएको आइफोन ५ एस अहिलेपनि प्रयोग गरिरहेकी छिन । डेलको टचस्क्रिन ल्यापटप उनकै दैनिक कामको लागि सहज छ । यस वाहेक ट्याब्लेट र अन्य केहि ग्याज्टेस पनि प्रयोग गर्छिन । वाहिर हुदा डेटा, घर र कार्यालयमा ब्रोडव्याण्ड इन्टरनेट प्रयोग गर्ने उनको दैनिकी ग्याजेट्सबाटै सुरु भएर त्यसमै अन्त्य हुन्छ ।


चुनावी प्रचारमा सोसियल मियिाको प्रयोग


चुनावमा विवेकशिल साझाले प्रयोग गरेको सोसियम मिडियाको बारेमा धेरैलाइ थाहा नै छ । सामाजिक सञ्जालको व्यापक प्रयोग गरिरहेको विवेकशिल साझाले युवाहरुलाइ देश विकासमा आउन आग्रह गरेको छ । उनि भन्छिन, अहिलेको समयमा सोसियल मिडिया शशक्त र प्रभावकारी मिडिया हो ।


आइसिटी बिना लाइफस्टाइल अधुरो


अहिलेको एक्काइसौ सताब्दीमा सूचना प्रविधिको विकासक्रम अत्याधिक रुपमा भइरहेको अवस्थामा यसबाट टाढा रहेर बस्नै नसकिने बताउछिन । हरेक दिनको सुरुवात यसकै प्रयोगबाट हुन्छ, दैनिक कामकाज र विभिन्न सामाजिक अभियानमा पनि आइसिटी, ग्याजेट्स तथा प्रविधिको नै व्यापक प्रयोग हुन्छ । भनौ न, ग्याजेट्स र इन्टरनेट बिना लाइफस्टाइल नै सहज छैन ।

फोटो : बिशाल राई