काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिहंदरबारस्थित रहेको सर्भरमा समस्या आउँदा आज देशभरका सेवाग्राही मर्कामा परेका छन् ।
एनआइटिसीले मागअनुसारको सर्भरको क्षमता विस्तार गर्न नसक्दा यस्तो समस्या आएको हो । आज विहान ११ बजेतिर डाउन भएका अधिकांश वेबसाइटमध्ये केही साइट अझै डाउन छन् ।
आज मालपोत, यातायात, राहदानी लगायतका विभागका वेबसाइटमा नचल्दा अनलाइनबाटै सेवा लिने सेवाग्राही समस्यामा परे ।
एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ ।
जिआइडिसीले एकैपटक सर्भरमा उच्च ट्राफिक आउँदा सर्भर डाउन भएको र सर्भरको क्षमता विस्तार गर्ने क्रममा रहेको बताएको छ ।