कीवर्डहरू -

इन्टरनेट सोसाइटी नेपालको ९औं वार्षिक साधारणसभा सम्पन्न

इन्टरनेट सोसाइटी नेपालको ९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । इन्टरनेट सोसाइटी नेपालको ९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सन् २००७ मा स्थापना भएको यस संस्था इन्टरनेट सोसाइटीको १३० अन्तराष्ट्रिय च्याप्टरमध्ये एक हो । 

शनिबार अनामनगरस्थित युनियन हाउसमा आयोजित साधारसभामा महासचिव अमर राजभण्डारीले प्रस्तुत गरेको वार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष टंकराज अर्यालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सदस्यहरुबीच छलफल भई पारित भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका आइसिटी विकास समितिका सभापति ई. विनोद ढकाल, इन्टरनेट सोसाइटी नेपालका संस्थापक अध्यक्ष इश्वरी शर्मा, पूर्व अध्यक्ष बाबुराम अर्याल, निवर्तमान अध्यक्ष विक्रम श्रेष्ठलगायतले आफ्ना भनाइ राखेका थिए । 

साे अवसरमा बोल्दै इन्टरनेट सोसाइटी नेपालका कार्यवाहक अध्यक्ष रोमकान्त पाण्डेले इन्टरनेट प्रविधिसम्बन्धी राष्ट्रिय अन्तराष्ट्रियस्तरका कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यस वर्ष एसिया प्यासिफिक रिजनल इन्टरनेट गभर्नेनस फोरम २०२० र एसिया प्यासिफिक स्कुल अफ इन्टरनेट गभर्नेन्स २०२० लगायतका ठूला कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।