कीवर्डहरू -

विदेशी डिग्रीमा बिद्यार्थीको आकर्षण 

कलेज र डिग्री छान्दा सजग हुनुपर्ने

विदेशी डिग्रीमा बिद्यार्थीको आकर्षण 

नेपालमा एक्रिडिएशन भएका विश्वविद्यालयका शैक्षिक कार्यक्रम मात्रै सञ्चालन गर्न पाउने भएपछि विद्यार्थीले सस्तो र कमजोर आइटी शैक्षिक कार्यक्रमबाट सोझै ठगिने सम्भावना भने छैन । तरपनि सबै कलेजको शुल्क अनुसार गुणस्तरीय शिक्षा नहुन सक्छ यसर्थ कलेज छान्दा धेरै कुरामा सजग भने हुनै पर्छ ।

यसर्थ विद्यार्थीहरुमा विदेशी डिग्रीप्रति सकारात्मक आशा पलाएको छ । कम रकममा नेपालमै बसेर विदेशी विश्वविद्यालयको डिग्री लिन सकिने सुविधा विद्यार्थीले पाएका छन् । विदेशमा ४०–५० लाख खर्च लाग्ने र काम नगरी पढ्न नसकिने हदा धेरैले पढाइभन्दा कामलाई नै जोड गर्छन् । तर, नेपालमा परिवारको खर्चमै सोही विदेशी डिग्री पढ्न सकिने र पढाइमा मात्रै ध्यान दिन सकिने भएकाले विद्यार्थीहरु स्वदेशमै सञ्चालित यस्ता डिग्रीप्रति आकर्षित भएका हन् ।

आइएसएमटी कलेजका प्रिन्सिपल ध्रुवबाबु जोशीका अनुसार नेपालमै विश्वस्तरीय आइटी शिक्षा हासिल गर्न र अध्ययन सकेपछि सीधै आइटी इन्डष्ट्रीमा काम गर्न सक्षम बनाउन यस्ता कार्यक्रमहरूले भूमिका खेल्न सक्छन् । सम्बन्धित विश्वविद्यालयले अन्य देशमा जसरी अध्यापन गराउँछन्, सोहीअनुरूप र मापढण्ड पूरा गरेर नेपलामा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ । ‘बाहिर जसरी अध्यापन हुन्छ, नेपालमा पनि त्यही पाठ्यक्रम, विधि र मूल्यांकन हुने गर्दछ,’ उनले भने ।

अन्तराष्टिय दर्जा दिने डिग्री
सस्ता विश्वविद्यालयका कार्यक्रम आउन छाडेपछि अहिले अन्तराष्टिय क्षेत्रमा चर्चित आइटी कार्यक्रम सञ्चालनमा आइरहेका छन् । स्वदेशमै विदेशी डिग्री हासिल गर्न पाउनु सबै नेपाली विद्यार्थीको अहोभाग्य हो । आर्थिक र सामाजिक कारणले विदेशमै गएर अध्ययन गर्न असमर्थ विद्यार्थीका लागि नेपालमा विदेशी सम्बन्धनको शैक्षिक डिग्री एउटा अपूर्व अवसर पनि हो । केबल डिग्री मात्रै नभई अन्तर्रा्ष्ट्रिय पहिचान र प्रतिस्पर्धामा पनि अब्बल ठहरिएको विदेशी डिग्रीले विद्यार्थीलाई उसको जीवनका हरेक मोडमा अवसरको ढोका खोल्ने र उसका हरेक कार्यक्षेत्रमा सफलता दिलाउनेमा ढुक्क हुन सकिने आधार छन् ।

‘विदेशी विश्वविद्यालय वा शिक्षणसंस्थाको सम्बन्धनमा सञ्चालित सबै प्रकारका शैक्षिक कार्यक्रमहरूमा त्यस्तो सफलताको आधार निश्चित रूपमा रहेको पाइन्छ । गुणस्तर नै विदेशी डिग्रीको मुख्य विशेषता हो । सम्बन्धन प्रदान गर्ने विदेशी विश्वविद्यालय अथवा शिक्षण संस्थाले गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनन्,’ आइएसएमटी कलेजका बासदेव वस्तीले भने । उनका अनसार गुणस्तर कायम नगर्नेको सम्बन्धन खारेज हने भएकाले राम्रा कार्यक्रमहरु मात्र नेपालमा सञ्चालनमा आइरहेको भनाइ राखे ।

पर्याप्त अवसरले भरिएको डिग्री
नेपालमा सञ्चालित यस्ता आइटी कोर्सहरू विशेषतः स्पेशलाइज्ड र एड्भान्स्ड कोर्सहरू रहेका छन् । उनीहरूको कोर्स सामान्यतया २÷३ वर्षको अन्तरालमा अपडेट भइरहेको हुन्छ । द ब्रिटिश कलेजका कम्प्युटिङ प्रोग्राम लिडर अरुणलाल जोशीका अनुसार ग्लोबल मार्केटको डिमाण्डलाई ध्यानमा राखेर कोर्सहरू डिजाइन तथा अपडेट गरिने हुँदा विद्यार्थीेले अध्ययन पूरा गरिसक्दा रिअल मार्केटमा काम गर्न कठिनाइ हुनेछैन ।


अध्ययनका क्रममा कतिपय कलेजमा क्रेडिट ट्रान्सफर गरेर अन्तिम वर्षको अध्ययन गर्न बेलायत, अमेरिका, अस्ट्रिेलियाका विश्वविद्यालयमा अध्ययन गर्न सकिने सुविधाहरू पनि छन् । यसैगरी, आइएसएमटी कलेज, द ब्रिटिश कलेज, नामी कलेज, सफ्टवेरिका कलेज, इस्लिङ्टनलगायतका केही कलेजहरूले अध्ययन गराउने कार्समा यस प्रकारको सुविधा रहेको छ ।

\"\"
किफायती शुल्क
नेपालमा पढाइ भइरहेका विदेशी विश्वविद्यालयका विभिन्न आइटी कोर्सहरू अध्ययन गर्दा सामान्यतया कोर्सअनुसार अध्ययन शुल्क ६ लाखदेखि १२ लाखसम्म विद्यार्थीले तिरिरहेका छन् । स्वदेशी आइटी कार्यक्रमभन्दा बढी देखिएपनि विदेशको तलनामा यो शल्कलाई किफायती नै मान्न पर्छ । फेरि विदेशी विश्वविद्यालयको कार्यक्रम सम्बन्धन लिदा रजिस्ट्रेशन शुल्क महँगो हने, नेपाल सरकारसँग अनमिति शल्क धरौटी राख्नपर्ने, अन्तराष्टियस्तरका फ्याकल्टी मेम्बर राख्नपर्ने र विद्यार्थीलाई इन्टरन्याश्नल क्वालिटीको एकेडेमिक र प्रोफेसनल कोर्श दिनपर्ने भएकाले यो रकम सन्तोषजनक नै मान्न सकिन्छ ।

तर ठगिन सक्ने संभवाना पनि

नेपालको बिध्वबिध्यालयको कोर्ष संचालनमा सजिलै सम्बन्धन नपाउने तर बिदेशी बिस्वबिध्यालयसँग सहकार्य गरि पद्यक्रम संचालनमा केहि सहज भएको कारण पनि अहिले धेरै कलेजहरु संचालनमा आएका छन् ।


कतिपय कलेजहरु सम्वन्धनको नाममा बिना पुर्वाधार र गुणस्तरियहिन शिक्षा प्रदान गरेको पनि पाइन्छ । शुल्क धेरै लिने तर क्वालिटी लेवल सामान्य रहेको पाइन्छ । केहि समयअघि विद्यार्थीले विदेशी विश्वविद्यालयको सर्टिफिकटमा समेत समस्या रहेको कारण केहि कलेजहरु छानविनमा परेका थिए । यसैगरी विद्यार्थीहरुले कलेज छान्दा विदेशी सम्वन्धन छ भन्दैमा हाम फालिहाल्नु भने हुदैन । नेपाली विश्वविद्यालयका कलेजहरुले यो भन्दा राम्रो शिक्षा प्रदान गरिरहेका पनि छन । विदशी विश्वविद्यालयको सम्वन्धनको कलेज छान्दा अझ धेरै चनाखो भने हुनुपर्छ ।