कीवर्डहरू -

शनिवार बुटवलमा \'आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला तथा कन्फ्रेन्स\' आयोजना हुदै 

इमर्जिङ टेक्नोलोजिजमा आइसिटी कन्फ्रेन्स

शनिवार बुटवलमा \'आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला तथा कन्फ्रेन्स\' आयोजना हुदै 

सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले यहि जेष्ठ ११ गते शनिवार बुटवलमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन के सेभेन सेक्युरिटीको आयोजना गरिरहेको छ । सोहि दिन कार्यक्रममा आइसिटी कन्फ्रेन्स पनि सञ्चालन हुनेछ ।

बुटवल मिलनचोकमा अवस्थित एसियन पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा स्थानिय स्तरमा विकास भएका सफ्टवेयर, एप्लिकेशशन, प्रोजेक्ट्सहरु प्रदर्शनमा रहनेछन ।

बुटवल मिलनचोकमा अवस्थित एसियन पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा स्थानिय स्तरमा विकास भएका सफ्टवेयर, एप्लिकेशशन, प्रोजेक्ट्सहरु प्रदर्शनमा रहनेछन ।

नयाँ आइडिया र इनोभेसनमा काम गरिहेका व्यत्ति र विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।

आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनको रुपमा बिराटनगर, बुटवल र नारायणगढमा यस प्रकारको कार्यक्रम आयोजना भइरहेको छ ।

बिराटनगरमा बैशाख अन्तिम साता सम्पन्न कार्यक्रम पश्चात यहि जेष्ठ ११ गते बुटवलमा आयोजना हुन लागेको आयोजकले बताएको छ । यसैगरी नारायणगढमा यहि जेष्ठ १८ गते कार्यक्रमको आयोजना हुनेछ ।

स्थानिय स्तरमा आइटीमा केहि गर्ने सोच बनाएर काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्दै इनोभेसन र उद्यमशिलतालाई अगाढी बढाउने उदेश्यले कार्यक्रमको आयोजना भइरहेको आयोजक समितीका इश्वरी ज्ञवालीले जानकारी दिए ।

यस मेलामा सूचना प्रविधि क्षेत्रका सफ्टवेयर, एप्लिकेशन, आइओटी, सर्भिस, इन्नोभेसन र आइटी शिक्षाका ३० बढि स्टलहरु रहनेछन । कार्यक्रममा एक्जिविसन अवलोकनको लागि कुनै शुल्क वा टिकट लाग्ने छैन ।

\"\"

इमर्जिङ टेक्नोलोजिजमा आइसिटी कन्फ्रेन्स

स्टार्टअप मेलाको अवसरमा एक दिने कन्फ्रेन्सको आयोजना भइरहेको छ । शनिवार सोहि स्थानमा आयोजना हुने कन्फ्रेन्समा इमर्जिङ टेक्नोलोजिज विषयमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन ।

कन्फ्रेन्सको पहिलो सेसन स्थानिय स्तरमा उद्यमशिलता र आइटी करियरका विषयमा ३ जना विज्ञहरुको कार्यपत्र प्रस्तुतिकरण र प्यानल डिस्कसन सञ्चालन हुनेछ भने दोश्रो सेसनमा इमर्जिङ टेक्नोलोजिज(एआई, आइओटी, साइबर सेक्युरिटी) आदिको बारेमा विज्ञहरुको कार्यपत्र पस्तुती र छलफल कार्यक्रम रहनेछ ।

कन्फ्रेन्समा प्रिजेन्टरको रुपमा काठमाण्डौबाट ६ जना बढि विज्ञहरु बुटवल आउने आयोजक समितिका खगेन्द« न्यौपानेले जानकारी दिए । कन्फ्रेन्समा सहभागि हुन रजिस्ट्रेसन गर्नुपर्ने छ । booking.ictaward.org मार्फत रजिस्ट्रेसन गर्दा इसेवाले ४० प्रतिशत क्यासब्याकको व्यवस्था गरेको छ भने विद्यार्थीको लागि ५० प्रतिशत छुट प्रदान गरिनेछ । कार्यक्रम बिहान ९ बजेदेखि बेलुकी ६ बजे सम्म संचालन हुनेछ


लिभिङ विथ आइसिटीले प्रविधि क्षेत्रको देशकै प्रतिष्ठित र ठूलो अवार्डको रुपमा हरेक वर्ष ‘आइसिटी अवार्ड’ आयोजना गर्दै आइरहेको छ । चौथो संस्करणको आइसिटी अवार्ड साउन ३२ गते काठमाण्डौमा हुनेछ भने जेष्ठ १ गतेदेखि अनलाइन नोमिनेशन खुला भइसकेको छ ।