कीवर्डहरू -

\'विज्ञानका लागि सहकार्य\' विषयमा सम्मेलन एवं प्रदर्शनी सम्पन्न

\'विज्ञानका लागि सहकार्य\' विषयमा सम्मेलन एवं प्रदर्शनी सम्पन्न

ललितपुर । नेश्नल इन्जिनियरिङ एन्ड एस्ट्राेनाेमिकल रिसर्च साेसाइटी, रिसिक इन्नाेभेसन्स र साइन्स टिचर्स एशाेसिएसन अफ नेपालकाे संयुक्त आयोजनामा जेठ ६ गते काेल्याबाेरेसन फर साइन्स विषयमा कन्फ्रेन्स र एक्जिबिसन सम्पन्न भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा आयोजना गरिएको सो कार्यक्रममा ४० विद्यालय तथा कलेजका ४०० विद्यार्थी र शिक्षक सहभागी रहेका थिए ।

सो कार्यक्रममा करिब १५ विद्यालयले आफ्ना विद्यार्थीले बनाएका बिज्ञान प्रोजेक्टहरु प्रदर्शन गरेका थिए भने नास्टका वैज्ञानिकहरुले अवलोकन गरि दिएको अंकको आधारमा तीमद्येका ३ वटा प्रोजेक्टलाई  पुरस्कृत गरिएको थियो ।

सो कार्यक्रममा २० मिनेटमा चिनी रकेट इन्जिन बनाउने प्रतियोगीता पनि संचालन गरिएको थियो जसमा आलोक विद्याश्रमले पहिलाे पुरस्कार प्राप्त गरेको  थियो भने अरुणिमा मावि. ले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।

यसै कार्यक्रममा अरुणिमा माविका विद्यार्थीहरुले आफैले बनाएको वाटर रकेटको सफल परिक्षण समेत गरेका थिए ।

पूर्वमन्त्री गणेश साहले उद्घाटन गर्नुभएको कार्यक्रममा नेपाल ऐस्ट्रोनोमिकल सोसाइटी, सिएसआइटी असोसिएसन अफ नेपाल र शिक्षा र विज्ञानसँग सम्बन्धित विभिन्न संघसंस्थाले सहभागिता जनाएका थिए ।

साेही कार्यक्रममा काठमाडौँका विविन्न १० ओटा विद्यालयलाई विज्ञान सामग्री स्वरूप टेलिस्कोप वितरण समेत गरिएको थियो ।

विद्यार्थीलाई विज्ञानप्रति अभिरुची बढाउने र समग्र वैज्ञानिक संघसंस्थाबीच ऐक्यबद्धता निर्माण गर्ने हेतुले आयोजना गरिएको सो कार्यक्रममा रिसिक इन्नाेभेसनले आफ्नो बजारमा ल्याउन लागेको स्कुल म्यानेजमेन्ट सिस्टम, ई-लर्निंग प्लाटफोर्म, ई- म्यागेजिन, राइस प्लान्टिङ मेसिनको नमुना प्रदर्शन गरेको थियो ।

सो कार्यक्रमको बारेमा अधिक जानकारी www.follownear.com बाट लिन सकिन्छ ।