पंकज जालान
कार्यकारी निर्देशक, लर्ड बुद्द एजुकेशन फाउन्डेशन
लर्डबुद्ध एजुकेशन फाउन्डेशनले मास्टर्समा कस्ता आइटी कार्यक्रम ल्याएको छ ?
हामी नेपालकै पहिलो आइटी कलेज हौं । हाल हामीले मास्टर्स डिग्रीका लागि एमएस्सी आइटिएम (इन्फमेर्शन टेक्नोलोजी म्यानेजमेन्ट) एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इन्नोभेसनद्धारा सम्बन्धन प्राप्त गरी सञ्चालन गरिरहेका छौं । नेपालमा इन्फर्मेशन टेक्नोलोजी म्यानेजमेन्टसम्बन्धी यो पहिलो कोर्स हो । आइटी शिक्षालाई कसरी प्रोफेसनल लाइफमा कार्यान्वयन गर्ने भन्ने उद्देश्यले नै यो कार्यक्रम ल्याइएको हो । यो आफैंमा नया कोर्स हो । यसको सिलेबस हेर्नुभयो भने पनि नेपालमा उपलब्ध मास्टर्सका आइटी कार्यक्रममा भन्दा भिन्न छ । यो कोर्स गरेपछि हाम्रा विद्यार्थी टेक्नोलोजी म्यानेजर र अन्य आइटी प्रोफसनलको रुपमा काम गर्न सक्दछन् ।
कस्ता विद्यार्थीले पढ्न सक्छन् ?
जुनसुकै आइटी कार्यक्रममा ब्याचलर्स गरेका विद्यार्थी यो कार्यक्रमका लागि योग्य हुन्छन् । ब्याचलर्समा आइटी पढेकाहरुका लागि यो कोर्स बरदान नै हो । नर्मल ग्रयाजुएशन गरेको र यो कोर्स गरेपछि आइटी क्षेत्रमा आफूलाई टेक्नोलोजी म्यानेजरको रुपमा स्थापित गराउन सकिन्छ ।
शुल्क कति लाग्छ ?
साढे ४ लाखको हारहारीमा छ । धेरै महँगो होइन । नेपालको सन्दर्भमा त्योस्तरको कोर्स स्ट्रक्चरको अभाव भएको अवस्थामा हामीले पूर्ती गर्न खोजेका छौं ।
आइटीमा ब्याचलर्स डिग्रीको तुलनामा मास्टर्समा निकै थोरै विद्यार्थी भर्ना हुन्छन्, किन होला ?
मास्टर्सका लागि त्यो लेभलको फ्याकल्टी मेम्बरको अभाव छ नेपालमा । अभावकै बीच हामीले भारतबाट सिनियर लेभलका ८ जना फ्याकल्टी मेम्बर राखेका छौं । अर्कोतर्फ विद्यार्थीहरुमा मैले आइटीमै मास्टर्स गर्नुपर्छ भन्ने भावना कम छ । यहाँको मार्केटको आवश्यकता पनि बुझ्न नसकेर हो कि ? मास्टर्समा बढी मेहनत चाहिन्छ । ब्याचलर्समा पढ्न र पढाउन सजिलो छ । मास्टर्समा त्यो लेभलको क्वालिटी दिनुपर्ने भएकाले पनि कम भएको होला ।
किन लर्डबुद्धमै पढ्ने ?
हामीले नयाँ सिलेबस ल्याएका छौं । नेपालको सन्दर्भमा के आवश्यक छ, त्यसलाई ध्यान दिएका छौं । हामीले सुरुवातदेखि नै बाहिरका डिग्रीमै काम गरिरहेका छौं । नेपाली विश्वविद्यालय र बाहिरका विश्वविद्यालयबीच पहिलो फरक त पाठ्यक्रम नै फरक हो । हामीले ल्याएको विदेशी कोर्स एडभान्स्ड र प्राक्टिकल ओरियन्टेड छन् । भोली सहजै बजारमा खपत हुने जनशक्ति उत्पादनमा हाम्रो जोड रहेको छ । विद्यार्थीको समयको ख्याल गर्दै बिहानी सत्रमा मात्रै कक्षा सञ्चालन गर्दै आएकोमा नयाँ सेसनदेखि बेलुका पनि सञ्चालन गर्दैछौं ।