कीवर्डहरू -

हिमालयन बैंकका कार्डबाहकहरुलाई तायो इको रिसोर्टमा १५ प्रतिशतसम्म छुट

हिमालयन बैंकका कार्डबाहकहरुलाई तायो इको रिसोर्टमा १५ प्रतिशतसम्म छुट

हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटलबीच हिमालयन बैंकका ग्राहकहरुलाई रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको  छ ।

बैंक र तायो इको रिर्सोट बीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहक तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट हुने जनाइएको छ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।