कीवर्डहरू -

सिटिजन्स बैङ्कका कार्डबाहकहरूले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्मको छुट पाउने

सिटिजन्स बैङ्कका कार्डबाहकहरूले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्मको छुट पाउने

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र पुल्चोक, ललितपुरस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच सिटिजन्स बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैङ्कका कार्डबाहक ग्राहकहरूले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।