कीवर्डहरू -

आइएमई पे र कान्तिपुर सिनेमाज बिच भुक्तानी साझेदारका लागि सम्झौता 

आइएमई पे र कान्तिपुर सिनेमाज बिच भुक्तानी साझेदारका लागि सम्झौता 

नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'ले कान्तिपुर सिनेमास्सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको  सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ ।

कान्तिपुर सिनेमास् एक ओ टी टी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई स्ट्रीमिंग सेवा प्रदान गरिन्छ । आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास(लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।