कीवर्डहरू -

शुक्रबारदेखि अन्तर्राष्ट्रिय ईभी प्रदर्शनी, १०० भन्दा बढी कम्पनीको सहभागीता रहने 

शुक्रबारदेखि अन्तर्राष्ट्रिय ईभी प्रदर्शनी, १०० भन्दा बढी कम्पनीको सहभागीता रहने 

नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी भदौ १५ गते शुक्रबारदेखि  हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल मेनुफ्याकचरर एन्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको सयुक्त आयोजनामा शुक्रबारदेखि ३ दिनसम्म प्रदर्शनी सञ्चालन हुने भएको हो ।

भदौ १५ गतेदेखि १७ सम्म काठमाडौं भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युतका विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिकरूपमा सवलिकरण गर्ने रहेको आयोजकले जनाएको छ। उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहने छन्।

विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रणयन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहलगायत विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहनेछ ।