कीवर्डहरू -

फोनपे र एनआईपीयलद्वारा नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सुरू गर्ने तयारी 

फोनपे र एनआईपीयलद्वारा नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सुरू गर्ने तयारी 

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीयलद्वारा नेपाल र भारत बीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ ।

यो ऐतिहासिक साझेदारीको सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो, जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्दछन् ।
फोनपे र एनआईपीयल बीचको यस सहकार्यले दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्युआर कोडमार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत पुग्ने छ ।

उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ ।प्राविधिक एकीकरणको समाप्ति पश्चात यी दुई कम्पनीहरू,आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन् ।

यस अनुरुप लाखौँ  उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन् । दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुने जनाइएको छ ।

फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले दुबै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताए ।

‘यस पहलले दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ र अन्तत: समृद्धि र विकासलाई बढावा दिनेछ,’ उनले भने ।

सोही अवसरमा बोल्दै एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडले फोनपे सँगको साझेदारीलाई वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेको बताएको छ ।