कीवर्डहरू -

२४औँ वार्षिकोत्सवको अवसरमा पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गर्दै भायानेट

२४औँ वार्षिकोत्सवको अवसरमा पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गर्दै भायानेट

भायानेटले २४ औँ वार्षिकोत्सवको अवसरमा विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । यस अन्तर्गत १२५ एमबिपिएस इन्टरनेटको ३ महिना सदस्यता मात्र २ हजार ४२४ रूपैयाँ (भ्याट बाहेक) पर्नेछ । यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्।

यसका साथै भायानेटको चाडपर्व अफर अन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन्।

साथै भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट नि:शुल्क अपग्रेड गरेको पनि जनाएको छ, जसमध्ये भायानेटका वार्षिक ग्राहकको २०० एमबिपिएस इन्टरनेटमा २५० एमबिपिएस अपग्रेड भएको छ । ३०० एमबिपिएस इन्टरनेट भएका ग्राहकले नि:शुल्क ४०० एमबिपिएस पाएका भने अन्यको पनि इन्टरनेट नि:शुल्क अपग्रेड गरिएको छ ।