कीवर्डहरू -

फोटो पारखीका लागि ओपोको रेनो १०एक्स जुम, नेपालमा असार १५ देखि उपलब्ध हुने

फोटो पारखीका लागि ओपोको रेनो १०एक्स जुम, नेपालमा असार १५ देखि उपलब्ध हुने

काठमाडौं । ओपो रेनो १० एक्स हाइब्रिड जुम क्यामरासहितको स्मार्टफोन नेपाली बजारमा असार १५ देखि उपलब्ध हुने भएको छ ।

फोटोग्राफीका लागि उत्कृष्ट प्रविधि सहित निर्माण गरिएको कम्पनीको दाबी छ ।

४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ इमपी वाइड एंगल लेन्स सहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरा समाहित ओपो रेनो १०एक्स जुम फोटोग्राफीका सवालमा अद्भुत भएको कम्पनीको दाबी छ।

ओपोले टर्कीका विभिन्न स्थानका आकर्षक तस्विर १एक्स र १० एक्स जुममा खिचेर प्रस्तुत गरेको छ ।