फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिंग एपमार्फत बीमा प्रिमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १०० प्रतिशत क्याशब्याक जित्ने अवसर प्रदान गर्न एक रोमाञ्चक अभियान सुरु गरेको जनाएको छ ।
यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा १०० प्रतिशत क्याशब्याक (१५ हजार रूपैयाँसम्म) प्राप्त गर्ने छन् ।
यो अभियान माघ ३० सम्म चल्ने कम्पनीको भनाइ छ । यो योजनामा सहभागी हुनका लागि ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रीमियम तिर्नु पर्छ ।
सफल भुक्तानी पछि उनीहरू स्वतः लकी ड्रको लागि योग्य हुने र १०० प्रतिशत क्याशब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसमा सहभागी हुन आफ्नो मोबाइल बैंकिङ एप खोलेर फोनपे बिल्स वा अनलाइन भुक्तानी सेक्सनमा जानु पर्नेछ । त्यसपछि बीमा विकल्प छनौट गरी आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम छनौट गरेर भुक्तानी गर्नुपर्नेछ ।