कीवर्डहरू -

एसएमएस मार्फत प्राकृतिक विपद् सबन्धी पुर्वसूचना

एसएमएस मार्फत प्राकृतिक विपद् सबन्धी पुर्वसूचना

काठमाडौं। नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सम्भावित प्राकृतिक विपद् सम्बन्धी पूर्वसूचना उपलब्ध  गराउने भएको छ।

टेलिकमले वर्षा सुरु भए सँगै बाढी, पहिरो र नदीको बहाव उच्च भइ तराई डुबानमा पर्न सक्ने कुरालाई ध्यानमा राखेर एसएमएस मार्फत पूर्वसूचना उपलब्ध गराउने छ।

जल तथा मौसम विज्ञान विभागले ११५५ कोडको प्रयोग गरी प्राकृतिक विपद् आउनु भन्दा पहिले प्रभावित क्षेत्रका बासिन्दालाई सुचना प्रवाह गर्ने छ।

यसको लागी नेपाल टेलिकमले निःशुल्क सेवा उपलब्ध गराएको छ।