कीवर्डहरू -

व्यवहारिक र प्रयोगात्मक आइटी शिक्षामा समर्पित छौं : क्याम्पस प्रमुख कट्टेल 

व्यवहारिक र प्रयोगात्मक आइटी शिक्षामा समर्पित छौं : क्याम्पस प्रमुख कट्टेल 

राजु कट्टेल
क्याम्पस प्रमुख, कान्तिपुर सिटी कलेज (केसीसी), काठमाडौं 

कान्तिपुर सिटी कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तर तहमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । स्नातकतर्फ आइटीमा बिई कम्प्युटर, बिआइटी र बिसिए कार्यक्रम ल्याएका छन् । साइन्स एन्ड टेक्नोलोजी डिपार्टमेन्ट अन्तर्गत पढाइ हुने यी शैक्षिक कार्यक्रमको सफलताले नै कान्तिपुर सिटी कलेजलाई सफलता दिलाएको छ । यो कलेज आफैंमा ब्राण्डेड भएको छ ।

हामीले व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रणाली अपनाएका छौं । कलेजको सबल पक्ष नै यही हो । नेपालमा हामीले यस्तो अवसर दिएका छौं कि हाम्रा विद्यार्थीले विश्वविका ९० ओटा देशमा इन्टर्नसिप गर्ने अवसर दिलाएका छौं । नेपालमा यो अवसर दिने हामी मात्रै हौं । रिसर्च ओरियन्टेड कलेजमा हामी फोकस छौं । कलेजमा बिई कम्प्युटरको ४८, बिआइटीको ४० र बिसिएको ८० सिट रहेको छ ।

बिसिएको सन्दर्भमा विद्यार्थीहरुमा केही अलमल परेको पाइएको छ । त्रिभुवन विश्वविद्यालयले पनि बिसिए ल्याएको छ, जुन मानविकी संकायमा सञ्चालन हुन्छ । पूर्वाञ्चल विश्वविद्यालयले ल्याएको बिसिए कार्यक्रम विज्ञान तथा प्रविधि संकायअन्तर्गत सञ्चालन भएको छ । प्रत्येक सेमेस्टरमा विश्वविद्यालयको पाठ्यक्रमले तोकेको प्रोजेक्टहरु गराइन्छ । साथमा हामीले हरेक विद्यार्थीलाई अनिवार्य रुपमा इन्टर्नसिपको व्यवस्था गरेका छौं ।