कीवर्डहरू -

विद्यार्थीहरुले विभिन्न व्यावसायिक तालिम कलेजमै प्राप्त गर्दछन् : विभागीय प्रमुख कार्की

विद्यार्थीहरुले विभिन्न व्यावसायिक तालिम कलेजमै प्राप्त गर्दछन् : विभागीय प्रमुख कार्की

सुवास कार्की
प्रमुख, सिएसआइटी विभाग
काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, ललितपुर

काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट ले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातकमा इन्जिनियरिङतर्फ सिभिल, कम्प्युटर र इलेक्ट्रोनिक्स कम्युनिकेशन एन्ड इन्फर्मेशनको शैक्षिक कार्यक्रम ल्याएको छ । त्यस्तै आइटीतर्फ बिएससी सिएसआइटी र बिसिए कार्यक्रम रहेको छ भने म्यानेजमेन्टतर्फ बिबिए र बिबिएम रहेका छन् ।

सन् २००३ देखि सञ्चालनमा आएको कलेजले २००७ देखि सिएसआइटी कार्यक्रम अध्यापन गराउन थालेको हो । आइटी र इन्जिनियरिङ दुवै कार्यक्रम चलाएको लामो र सफल अनुभव कलेजसँग छ । कलेजको आफ्नै आइटी कम्पनी EB Pearls रहेको छ, जसमार्फत् विद्यार्थीलाई आइटी उद्योगको व्यवहारिक ज्ञान दिन, एक्सपोजर दिन, दक्ष बनाई उद्योगमा खपत हुन सहज बनाएको छ ।

४ वर्षको दौरान विद्यार्थीहरुले विभिन्न व्यवसायिक तालिम कलेजमै गर्न पाउँछन् र त्यसको शर्टिफिकेशन उपलब्ध गराउँछौं । साथमा आइटी करियर र अवसरका सवालमा विभिन्न कार्यक्रम निरन्तर गर्दै आएका छौं । सिएसआइटी पढ्ने २ छात्रालाई EB Pearls मार्फत् ५० प्रतिशत छात्रवृत्ति समेत प्रदान गरेका छौं । साथमा हाम्रा अन्य नियमित छात्रवृत्ति कार्यक्रम यथावत् छन् ।

कलेजकाे वेबसाइट : https://kathford.edu.np

\"Image

याे पनि पढ्नुहाेस् ः
के पढ्ने आइटीमा ?
कहाँ पढ्ने बिएससी सिएसआइटी ?