कीवर्डहरू -

शावमिको बजेट स्मार्टफोन – रेडमि ५ ए

शावमिको बजेट स्मार्टफोन – रेडमि ५ ए

केहि महिना अघि मात्र विश्व बजारमा भित्रिएको शावमिको नयाँ स्मार्टफोन रेड्मी ५ ए ले भारतीय बजारमा राम्रै सफलता प्राप्त गरेपछि, मि-नेपालले नेपालमा पनि शावमिको नयाँ रेड्मी ५ ए सार्बजनिक गरिसकेको छ । नेपालमा केहि दिन अगाडी सार्बजनिक गरिएको नयाँ स्मार्टफोन बजेट स्मार्टफोन हो । जसको मूल्य १३ हजार ९ सय ९९ निर्धारण गरिएको छ ।

एचडी आइपिएस एलसीडी डिस्प्ले बिशेषता भएको यो फोनको स्क्रिन साइज ५ इन्च रहेको छ । डीभाइजको माथि पट्टि एफ/२.० एपर्चर \"\" सहितको ५ एमपीको फ्रन्ट फेसीङ क्यामेरा रहेको छ, भने तलपट्टि क्यापसिटिभ टच बटन रहेको छ ।

क्वालकमको स्न्यापड्रागन ४२५ क्वाडकोर प्रोसेसर यसमा प्याक भएको छ,साथमा २ जीबी र्याम र् १६ जीबी रोम रहेको छ। माइक्रो एसडी कार्डको मद्दतले १२८ जीबी सम्म इस्टोरेज बढाउन मिल्छ ।

यसकारण यो स्मार्टफोनमा विभिन्न एप्लिकेसनहरु प्रयोग गर्न तथा भिडियोहरु डाउनलोड गर्नका लागि स्पेसमा सम्झौता गर्न पर्दैन् । फोनको ३ र्याम भेरिएन्ट पनि कम्पनिले सार्बजनिक गरेको भएतापनि उक्त  संस्करण भने नेपालमा उपलब्ध छैन् ।

स्मार्टफोनको पछाडी पट्टि एफ/२.२ ए पर्चर लेन्स सहितको १३ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ । साइडमा पीडीएएफ र एलइडी फ्ल्याश रहेको छ, भने त्यसको ठिक तलपट्टि भने लाउड स्पिकर ग्रिल रहेको छ ।

पछिल्लो भाग पोलीकर्बोनेट प्लास्टिक द्वारा तयार गरिएको भएता पनि मेटल फिनिश दिईएको कारण फोनको स्वरूप सस्तो जस्तो देखिंदैन ।

एन्ड्रोइड ७.१.२ प्रयोग गरिएको रेड्मी ५ ए मा ३,००० एमएएचको ब्याट्री राखिएको छ । साथै ब्याट्रीले ८ दिनको स्ट्यान्डबाइ टायम र भिडियो प्लेब्याकका लागि ७ घण्टा ब्याक अप दिने कम्पनीले दावा गरेको छ ।

फोनमा कनेक्टिभिटीमा  ४ जीभीओएलटिइ,वाई-फाई ८०२.११,ब्लुतुथ ४.१,जीपीएस तथा ३.५ एमएम हेडफोन ज्याक रहेका छन् । सेन्सर बोर्डमा भने एक्सेलेरोमिटर,एम्बिएन्ट लाइट तथा प्रोक्सीमिटि सेन्सरहरु रहेका छन्  । शावमिले नेपाली बजारमा सार्बजनिक गरेको यो नयाँ स्मार्टफोन उत्कृष्ट बजेट स्मार्टफोन ठहरिने अनुमान गरिएको छ ।