कीवर्डहरू -

आइटीमा छात्रा विद्यार्थीलाई आकर्षण गर्न सगरमाथा कलेजले छात्रवृत्ति कार्यक्रम ल्याएकाे छ : सुब्बा

आइटीमा छात्रा विद्यार्थीलाई आकर्षण गर्न सगरमाथा कलेजले छात्रवृत्ति कार्यक्रम ल्याएकाे छ : सुब्बा

गंगा सुब्बा
कार्यक्रम संयाेजक (बिसिए/बिएससी सिएसआइटी), सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी

विसं. २०६८ सालमा स्थापना भएको यस कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बिएससी सिएसआइटी र बिसिए कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थापनाकालदेखि नै गुणस्तर शिक्षामा प्रतिबद्ध यस कलेजले पाठ्यक्रमसँगै विभिन्न व्यावसायिक तालिम प्रदान गर्दै आएको छ । सगरमाथाले विद्यार्थीलाई वर्तमान मार्केटमा सजिलै एक्स्प्लोर गराउन कोर्स अफ स्टडीसँगै प्रोफेशनल ट्रेनिङ सञ्चालन गरिरहेको छ, जसका लागि कलेजले कुनै एक्स्ट्रा चार्ज लिँदैन ।

साथै प्रयोगशाला, पुस्तकालय, विज्ञ, प्राध्यापक, अतिरिक्त क्रियाकलापलगायत गोष्ठी,तालिम, प्रतियोगिता र सामाजिक सेवामा सहभागिता गराउनु कलेजका विशेषता हुन् । अध्ययनपछि हाम्रा विद्यार्थीको खपत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा होस् भन्ने अभिप्रायले कलेजमै विभिन्न युनिट स्थापना गरेका छौं ।

कलेजले इन्ट्रान्स एक्जाम र सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको सुविधा प्रदान गर्दै आएको छ भने छात्रा विद्यार्थीलाई आकर्षण गर्न छात्रवृत्तिको कार्यक्रम समेत ल्याएका छौं । सूचना प्रविधिमा करियर बनाउन चाहने विद्यार्थीका लागि सगरमाथा एक उत्कृष्ट रोजाइ बन्न्नुको कारण गुणस्तरीय शिक्षामा हाम्रो मुख्य जोड रहनाले हो ।