कीवर्डहरू -

पहिले ग्राहक खोज्दै जान्थ्यौं, अहिले ग्राहक हामीलाई खोज्दै आउँछन् : आदित्य राज

पहिले ग्राहक खोज्दै जान्थ्यौं, अहिले ग्राहक हामीलाई खोज्दै आउँछन् : आदित्य राज

लिभिङ विथ आइसिटीको आयोजनामा भएको चौथो संस्करणको आइसिटी अवार्डअन्तर्गत महत्वपूर्ण विधा स्टार्टअप आइसिटी अवार्ड ई-डिजिटल नेपाल प्रालिले जितेको छ । नेपालको शिक्षण संस्थामा देखिएको परम्परागत सूचना व्यवस्थापन प्रणाली र डिजिटल सूचना व्यवस्थापन प्रणालीबीचको अन्तरलाई कम गर्ने उद्धेश्यसहित आएको याे स्टार्टअपले ६० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै यो अवार्ड हात पारेको हो । यसैबीच लिभिङ विथ आइसिटीका लागि सम्पादक शिव बस्नेत ले ई-डिजिटल नेपाल प्रालिका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत ई. आदित्य राज सँग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं :

यस वर्षको स्टार्टअप आईसिटी अवार्ड ई–डिजिटल नेपाल प्रालिले प्राप्त गर्न सफल भयो । अवार्ड पाईसकेपछि समग्रमा कस्तो प्रतिक्रिया आइरहेको छ ? अब कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
खासमा यो अवार्ड मात्र नभएर एउटा ठूलो जिम्मेवारी पाएको महसुस गरिरहेका छौं । अवार्डका कारण हाम्रो लक्षित बजार, प्रयोगकर्ता र शुभचिन्तकबाट उत्साहजनक प्रतिक्रिया मिलेको छ । अवार्डका कारण हाम्रो कम्पनीको ब्राण्डिङ भइरहेको छ । अब आउने दिनहरुमा अवार्डको इज्जत राख्दै हाम्रा सेवाग्राहीहरुलाई सन्तुष्ट बनाउनु छ । जुन ग्राहकसामु हामी पटक–पटक पुग्न खोज्दा पनि बेवास्ता गर्नुहुन्थ्यो आज तिनै ग्राहकहरुले हामीलाई पछ्याईरहनु भएको छ । यसकाे समग्र कारण नै आइसिटी अवार्ड हो ।

म जस्तै युवालाई के सन्देश दिन चाहन्छु भने हामी विदेश जानु पर्दैन, अवसर यहीँ छ । हामीले शिक्षामा काम गरिरहेका छौं । तपाईँहरु अन्य क्षेत्रमा गर्न सक्नुहुनेछ । जुन ठाँउमा समस्या देख्नुहुन्छ त्यहाँ काम सुरु गर्नुहोस् । समाजका लागि काम गर्नुहोस् । सन्तुष्टिका लागि काम गर्नुहोस् । सम्भावना जहाँ पनि छ, हामीले त्यसभित्रका अवसरहरु खोज्न जान्नुपर्दछ ।

ई–डिजिटल नेपाल प्रा.लि. कस्तो खालको स्टार्टअप हो ? यसले कुन सेगमेन्टमा काम गरिरहेको छ ?
ई–डिजिटल नेपाल शिक्षा क्षेत्रका काम गर्ने आइटी कम्पनी हो । हामीले शिक्षा क्षेत्रलाई डिजिटाइजेशन गर्ने एक अभियानसरह यो कम्पनी सञ्चालन गरिरहेका छौं । शिक्षा प्रणालीभित्र अटाउने विद्यार्थी, विद्यालय, व्यवस्थापन, शिक्षक, अभिभावक सबैलाई डिजिटल इकोसिस्टममा आबद्ध गराउने प्रयत्न हाम्रो हो । शिक्षाभित्रका सबै क्षेत्रलाई पेपरलेस बनाउने र शिक्षा प्रणालीलाई गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा परिणत गर्ने भनेर हामीले देशव्यापी अभियान चलाइरहेका छौं ।

कम्पनीमार्फत् हाल कस्ता प्रडक्टहरु विकास भएका छन् ? यसको बजार र प्रयोगकर्ताबारे पनि जानकारी दिनुस् न ।
बजारको कुरा गर्दा हामी अहिले नेपालको ३० वटा बढी जिल्लामा काम गरिरहेका छौं । त्यसमा तराईका सबै जिल्लामा काम गरिरहेका छौ । सुरुवाती चरणदेखि हामीले एउटै प्रडक्ट डिजिटल नेपाल स्कुल म्यानेजमेन्ट सफ्टवेयर मा मात्र काम गरिरहेका छौं । नेपाली बजारलाई जति र जस्तो गुणस्तरको सफ्टवेयर चाहिन्छ, त्यही अनुसार हामीले काम गरिरहेका छौं । स्वदेशी बजारलाई मात्रै होइन अबको हाम्रो योजना अन्तर्राष्ट्रिय बजारमा पुग्नु हो । हामी अवश्य त्यो बजारमा पनि पुगेरै छोड्छौं ।

\"Image

यो प्रडक्टका विशेषताहरु के के छन् ?
हामीसँग भएको स्कुल म्यानेजमेन्ट सफ्टवेयर अनलाइन र अफलाइन दुवैमा उपलब्ध छ । पहिलाको सिस्टम अफलाइनमा मात्रै थियो, जहाँ अभिभावकलाई सूचना पुग्न गाह्रो भयो । अहिले हामीसँग दुवै संस्करण उपलब्ध छ । यो सिस्टममा ई–लर्निङ पोर्टल, सबैका लागि छुट्टाछूट्टै मोबाइल एप (जस्तैः विद्यार्थि, अभिभावक, शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन र स्थानिय तह) ल्याएका छौं । स्थानीय तहले हरेक सरकारी विद्यालयको निगरानी राख्न सक्छ । जस्तै विद्यार्थिहरु कति उपस्थित छन र कति अनुपस्थित छन, पहिलाको भन्दा यो वर्षको प्रगति कस्तो छ, शिक्षकहरु समयमा आए कि आएनन् लगायत सबै जानकारी स्थानीय तहका प्रमुखले एक क्लिकको भरमै थाहा पाउन सक्छन् । त्यसैगरी हरेक सेगमेन्टका प्रयोगकर्ताले आफूलाई सहयोग पुग्ने गरी मोबाइलबाटै सेवा उपयोग गर्न सक्छन् ।

यो टिमलाई हामी बढाउदै छौ र निकट भविष्यमै सयको हारहारीमा टिम बनाउँदै छौं । ई–लर्निङ, स्कुल इभ्यालुएसन सिस्टम लगायतका नयाँ फिचर थप्न लागेकाले जनशक्ति बढाउनतिर लागेका हौं ।

कम्पनीको यो सफ्टवेयर प्रयोग गर्न के गर्नुपर्छ ?
हरेक जिल्लामा ई–डिजिटल नेपालको डिलर, सेलर, एजेन्ट र प्रतिनिधिहरु हुनुहुन्छ । यो नेटवर्क प्रयोग गरेर हामीसँग जोडिन सकिने छ । अनि अर्को कुरा हामी आफ्नो डिजिटल मार्केटिङ आफैँ गर्छौं । विभिन्न जिल्लामा गएर सेमिनार र वर्कसपहरु गर्छौं । स्थानीय सरकारमा आफैं पुगरे कुरा गर्छौं । हाम्रो कम्पनीको वेबसाइट, मोबाइल एप, सोसल मिडिया र फोनबाट हामीसँग जोडिन सक्नुहुनेछ । पछिल्लो समय अवार्ड पाइसकेपछि हामीलाई खोज्ने, हाम्रो सफ्टवेयर र सेवाबारे बुझ्न आउनेहरुको संख्या बढिरहेको छ ।

कम्पनीको अबको योजना के छ ? अरु प्रडक्टमा काम गर्ने योजना पनि छ कि ?
हाम्रो सोच विद्यालयसम्बन्धीकै प्रोजेक्ट गर्नुपर्छ भन्नेमा छ । यही सेगमेन्टमा धेरै काम गर्नपर्ने छ । विस्तारै डिजिटाइजेशन हुने क्रम सुरु भएको छ । गर्नुपर्ने धेरै छ । हामीसँग अहिले अफिसमा ३५ जनाको टिम छ । यो टिमलाई हामी बढाउदै छौ र निकट भविष्यमै सयको हारहारीमा टिम बनाउँदै छौं । ई–लर्निङ, स्कुल इभ्यालुएसन सिस्टम लगायतका नयाँ फिचर थप्न लागेकाले जनशक्ति बढाउनतिर लागेका हौं ।

ई–डिजिटल नेपाल जस्ता स्टार्टअपका लागि कस्ता चुनौतीहरु छन् ?
चुनौती त धेरै छन् । हामीलाई के विश्वास छ भने कुनै पनि समस्या लामो समयसम्म रहँदैन । समस्या छ भन्दैमा सम्भावना छैन भन्न मिल्दैन । हामी हाम्रो टिमलाई समयमै तलब दिन नसकौंला, अन्य चिजहरु पुर्याउन नसकिएला, तर पुरै टिमलाई विश्वास के छ भने हामी भिजनमा हिडिरहेका छौ र गन्तव्य स्पस्ट छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हामीलाई यो अवार्ड जिताउन सहयोग गर्नुहुने र भोट गर्नुहुने सबैलाई हाम्रो टिमको तर्फबाट धन्यवाद दिन चाहन्छु । सबैको सहयोग र योगदानले मात्रै हामी यो स्थानसम्म आउन सफल भएका हौ । म जस्तै युवालाई के सन्देश दिन चाहन्छु भने हामी विदेश जानु पर्दैन, अवसर यहीँ छ । हामीले शिक्षामा काम गरिरहेका छौं । तपाईँहरु अन्य क्षेत्रमा गर्न सक्नुहुनेछ । जुन ठाँउमा समस्या देख्नुहुन्छ त्यहाँ काम सुरु गर्नुहोस् । समाजका लागि काम गर्नुहोस् । सन्तुष्टिका लागि काम गर्नुहोस् । सम्भावना जहाँ पनि छ, हामीले त्यसभित्रका अवसरहरु खोज्न जान्नुपर्दछ ।

\"Image

कम्पनीबारे थप बुझ्न वेबसाइट edigitalnepal.com भिजिट गर्नुहाेस् ।

याे पनि पढ्नुहाेस् :
ई–डिजिटल नेपाल प्रालिलाई स्टार्टअप आइसिटी अवार्ड २०१९

यस्ता छन, उत्कृट ५ आइसिटी स्टार्टअप कम्पनीहरु