कीवर्डहरू -

सफ्टवेरिकाले ब्याचलर्समा युकेको प्रतिष्ठित आइटी कार्यक्रम ल्याएको छ : थापा

सफ्टवेरिकाले ब्याचलर्समा युकेको प्रतिष्ठित आइटी कार्यक्रम ल्याएको छ : थापा

अमृत थापा
बिजनेश डेभलपमेन्ट हेड
सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्श

सफ्टवोरिकाले युकेको कोभेन्ट्री युनभर्सिटीको आइटी डिग्री नेपालमा ल्याएको छ । यसअन्तर्गत बिएससी इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी र बिएससी कम्प्युटिङ  कार्यक्रम सञ्चालन गरिरहेका छौं । पढ्नैका लागि भनेर विदेशमा ठूलो पैसा गइरहेको सन्दर्भमा हामीले ९–१० लाख रुपैयाँमै युकेको प्रतिष्ठित डिग्री यहीँ उपलब्ध गराउँदै आएका छौं ।

नेपाल जस्तो विकासशील देशमा इन्डस्ट्रीका लागि चाहिने योग्य जनशक्ति जुटाउन धेरै गाह्रो छ । यी कोर्सले प्राक्टिकल र रियल टाइमबेस्ड टिचिङ मेथोड माग गर्छन् । हाम्रा शिक्षकहरूलाई ट्रेन्ड गर्न हामीले युकेसम्म लगेका छौं । राम्रो विद्यार्थी उत्पादन गर्न मेन्टरसिप र समग्र पक्षमा हामीले समय दिइरहेका छौं । यहाँ विद्यार्थीले पहिलो वर्ष पढेर दोस्रो वर्ष विश्वका विभिन्न देशमा गएर पढ्न सक्छन् ।

यहाँको बिआइटी सकेर २ वर्षको आइटी क्षेत्रको अनुभव हुने र आइइएलटिएसमा ७ आयो भने अस्ट्रेलियामा सीधै पिआरका लागि योग्य हुन्छ । हामीले हालै आइबिएमसँग सम्झौता गरेका कारण अब यो कलेज आइबिएम एकेडेमी पनि भएको छ । यसका सर्टिफेकेशन कोर्सहरू विद्यार्थीलाई दिइरहेका छौं ।