कीवर्डहरू -

ग्यालेक्सी एस नाइन सार्बजनिक गर्ने सामसुङको तयारी

ग्यालेक्सी एस नाइन सार्बजनिक गर्ने सामसुङको तयारी

विश्व प्रख्यात स्मार्टफोन कम्पनि सामसुङले यहि २०१८ को फेब्रुअरीमा मोबाइल वर्ल्ड कंग्रेसमा एस सिरिजको नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी एस ९ सार्बजनिक गर्ने पूर्व तयारी गरेको छ । यो नयाँ स्मार्टफोन फोन एस ८ पछाडीको अर्को फ्ल्यागशिप मोडेल हो । साथै सामसुङले उक्त मोबाइल मेलामा एस ९ र एस ९ प्लस गरेर दुईवटा मोडेल सार्बजनिक गर्ने अनुमान गरिएको छ ।

भर्खरै सम्पन्न सीइएस २०१८ को प्रेस मीटमा सामसुङका मोबाइल कम्युनिकेसन बिजनेस प्रमुख डीजे कोले कम्पनिको २०१८ को पहिलो फ्ल्याग्शिप फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्बजनिक गरिने बताएका छन् । त्यस्तै सामसुङको आउदै गरेको यो नयाँ फ्ल्याग्शिप मोडेल एप्पलको नयाँ फ्ल्याग्शिप आइफोन १० संग प्रतिस्पर्धा गर्नेछ ।

कम्पनिले आधिकारिक रुपमा उक्त फोनको बारेमा केहि नखुलाएको भएतापनि एस नाइनबारे आएका विभिन्न समाचारका अनुसार कम्पनिले एस ९ र् एस ९ प्लस फेव्रुआरीको २६ मा सार्बजनिक हुनेछ र मार्चको ३ देखि फोनका लागि प्रि-अर्डर खुलाइने जनाइएको छ त्यस्तै,मार्चको १६ बाट भने उक्त फोन बजारमा बिक्रिका लागि आउने छ ।

साथै विभिन्न समाचारका माध्यमहरु मार्फत बाहिरिएको जानकारी अनुसार गत बर्षको स्मार्टफोन ग्यालेक्सी एस ८  र एस ८ प्लसमा जस्तै अब सार्बजनिक हुने ग्यालेक्सी एस ९ र एस ९ प्लसमा पनि एउटै क्यापासिटिको ब्याट्री प्रयोग भएको जनाइएको छ । थप दुवै स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८४५ को प्रोसेसर प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ । ग्यालेक्सी एस ९ मा भने सिंगल रियर क्यामेरा तथा ग्यालेक्सी एस ९ प्लसमा भने डुअल क्यामेरा मोडुल राखिएको हुन सक्ने बताईएको छ ।