कीवर्डहरू -

‘नेपाल स्कुल अन इन्टरनेट गर्भनेन्स २०१८’ सुरु

पहिलाे दिन विभिन्न विषयमा छलफल र कार्यपत्र प्रस्तुत

‘नेपाल स्कुल अन इन्टरनेट गर्भनेन्स २०१८’ सुरु

नेपालमा पहिलोपटक आयोजना गरिएको ‘नेपाल स्कुल अन इन्टरगभर्नेन्स २०१८’ (एनपी सिग) शुक्रबारदेखि सुरु भएको छ । २ दिने यो कार्यक्रम नेपाल इन्टरनेट गभर्ननेन्स फोरमको पहिलो संस्करणको सफलतापूर्वक सञ्चालनपछि इन्टरनेट सोसाइटी नेपालले विभिन्न संस्थाहरुसँगको सहकार्यमा गरेको हो । 

इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित मुद्धा तथा पद्धतिको बिषयमा चर्चा गर्नका निम्ति सरोकारवालाहरुलाई  एउटा मञ्च प्रदान गराउने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको हो । ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजस्थित आइसिटी सेन्टरमा सञ्चालन भइरहेको यस कार्यक्रम इन्टरनेट गभर्नेन्सका विभिन्न मुद्दा तथा पद्धतिका बारेमा केन्द्रित छ । \\

संसारभर तथा क्षेत्रीय तहका इन्टरनेट प्रणालीका विभिन्न मुद्दा, परिस्थिति तथा प्रक्रियाहरुको बारेमा सरोकारवालाहरुको ज्ञान तथा क्षमता अभिवृद्धि  गराउने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको जानकारी इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष विक्रम श्रेष्ठले दिए । 

कार्यक्रमको उद्घाटन निर्वाचन इन्टरनेट गभर्नेन्स फोरम नेपालका अध्यक्ष एवं निर्वाचन आयोगका सहसचिव वीरेन्द्रकुमार मीश्रले गरेका थिए । सोअवसरमा सहसचिव मीश्रले नेपालमा इन्टरनेटको विकास र विस्तारलाई विकास र व्यवस्थित गर्न सबै सरोकारवालाहरुबीच सहकार्य हुनुपर्ने बताए । 

कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका निर्वतमान अध्यक्ष अधिवक्ता बाबुराम अर्याल, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी यादव, क्यान महासंघका अध्यक्ष हेमन्त चौरासियालगायतले बोलेका थिए । 

पहिलो दिन एनपी सिगमा इन्टरनेटका विभिन्न विषयमा छलफल र कार्यपत्र प्रस्तुत गरिएको थियो । यसअन्तर्गत सम्बन्धित विषयविज्ञ, अनुसन्धाता एवं सहजकर्ताले सहभागीलाई सहजीकरण गरेका थिए । यो फेलोसिप कार्यक्रममा शोधकर्ताहरू र सरकारका प्रतिनिधि, एनजीओ तथा आइएनजीओ प्रतिनिधि, टेक्निकल कम्युनिटी, बिजनेस कम्युनिटी, प्राइभेट सेक्टर, मिडिया एकाडेमी प्रोफेसनल व्यक्तिहरु गरी ४८ जना सहभागी छन् ।

नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स एउटा वार्षिक स्कुल हो, जहाँ प्रत्येक बर्ष प्रोफेसनलहरुलाई ग्लोबल इन्टरनेट गभर्ननेन्सको पद्धति तथा संस्थाहरुमा सहभागिता जनाउन इन्टरनेट गभर्ननेन्सको इन्टरनेट डोमेनको बारेमा ट्रेनिंग प्रदान गरिन्छ ।